इरानी सर्वोच्च नेता खामेनीको अमेरिकालाई चेतावनी : कहिले नभुल्ने पाठ सिकाउने छौं

इरानी सर्वोच्च नेता खामेनीको अमेरिकालाई चेतावनी : कहिले नभुल्ने पाठ सिकाउने छौं
फाइल फोटो
सुन्नुहोस्

इरान : इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व र विश्वसनीयता नरहेको बताएका छन् । इरानको सरकारी टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा सञ्चालकले सर्वोच्च नेता मोजतबा खामेनीसँग सम्बन्धित नयाँ लिखित सन्देश पढेर सुनाएका छन् ।

उक्त सन्देशमा अमेरिकालाई ‘कहिल्यै नभुल्ने गरी पाठ सिकाइने’ चेतावनी दिइएको छ । सन्देशमा भनिएको छ, ‘सम्झौताको उल्लंघनले फेरि एक पटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्व वा विश्वसनीयता नरहेको प्रमाणित गरेको छ ।’ लिखित सन्देशमा थप भनिएको छ, ‘अमेरिकाले फेरि एक पटक संसारसामु आफ्नो वास्तविक अनुहार देखाएको छ ।

उसका कदमहरूले उसका नीतिहरू झुट, अविश्वसनीय र छलपूर्ण रहेको पुष्टि गर्छन् ।’ सन्देशमा अझै भनिएको छ, ‘यदि अमेरिकाले युद्ध भड्काउने प्रयास गर्‍यो भने उसले ठूलो क्षति बेहोर्नु पर्नेछ । इरान र उसका सहयोगीहरूले अमेरिकालाई यस्तो जवाफ दिनेछन्, जसलाई उसले लामो समयसम्म सम्झिरहने छ ।’

आफ्ना पिता पछि मोजतबा खामेनी सर्वोच्च नेता बनेपछि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् र उनले कुनै अडियो वा भिडियो सन्देश पनि जारी गरेका छैनन् । हालसम्म उनका नाममा सार्वजनिक भएका सबै सन्देश लिखित रूपमै सार्वजनिक हुँदै आएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.