फिफा विश्वकप २०२६

फ्रान्सलाई पराजित गर्दै इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो

फ्रान्सलाई पराजित गर्दै इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो
तस्बिर : फिफा

काठमाडौं : फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा फ्रान्सलाई पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकपको तेस्रो स्थानमा हासिल गरेको छ।

मियामी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई ६ -४ ले हराएको हो। खेलको पहिलो हाफ पूर्णतय इङ्ल्यान्डको दबदबा रह्यो। पहिलो हाफमा ४-०को अग्रता बनाएको इङ्ल्यान्डले दोस्रो हाफमा ४ गोल बेहोर्दै २ गोल थप्यो।

खेलको सुरुवाती तेस्रो मिनेटमा नै इङ्ल्यान्डका लागि डिक्लेन राइसले गोल गरेका हुन्। खेलको १८ औँ मिनेटमा इङ्ल्याण्डले दोस्रो गोल गर्यो। डिक्लेन राइसको असिस्टमा एज्री कोन्साले गोल गर्दै इङ्ल्यान्डलाई २-०को अग्रतामा ल्याएका थिए। खेलको ३६ औं मिनेटमा फ्रान्सको लागि बुकायो साकाले गोल गरे। खेलको पहिलो हाफमा थप गरेको चार मिनेटको इन्जुरी समयको पहिलो मिनेटमा नै बुकायो साकाले व्यक्तिगत दोस्रो र टिमको लागि चौथो गोल गरे। खेलको पहिलो हाफ पूर्णतय इंग्ल्यान्डको पक्षमा रह्यो।

खेलको दोस्रो हाफको सुरुवाती समयमा नै फ्रान्सले गोल गर्यो । खेलको ४८ औं मिनेटमा फ्रान्सको लागि कप्तान केलियन एम्बापेले गोल गरे। फ्रान्सको लागि दोस्रो गोल ब्राड्ले बार्कोलाले गरे । खेलको ५४ औं मिनेटमा उनले दोस्रो गोल गर्दै फ्रान्सलाई पुनरागमनको बाटोमा डोर्याएका थिए। 

फ्रान्सको लागि तेस्रो गोल केलिएन भापीको नाममा रह्यो। उनले खेलको ६६ औं मिनेटमा टोलीको लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरेका हुन्। उनको लागि जारी विश्वकपमा यो दशौं गोल रहेको थियो। खेलको दोस्रो हाफ नाटकीय भयो। खेलको ८७ औ मिनेटमा इङ्ल्यान्डले पेनाल्टी पायो। पेनाल्टीमा बुकायो साकाले बिना कुनै गल्ती गोल गरे। यो गोल गर्दै उनले जारी विश्वकपमा ह्याट्रिक पुरा गरे। 

खेलको निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको छैंटौं मिनेटमा ओस्मान‌ डेम्बेलेले फ्रान्सको लागि चौथो गोल गरे। त्यतिबेला खेल एक गोलको फरकमा रहेको थियो। ५ -४ ले इंग्ल्यान्डले अग्रता बनाइरहेको अवस्थामा खेलको निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरेका हुन्। 

सन् १९६६ मा विश्वकपको उपाधि जितेको इङ्ल्यान्डले त्यसपछिको उत्कृष्ट नतिजा हासिल गरेको छ ‌। सन् २०१८ मा इङ्ग्ल्यान्ड चौथो स्थानबाट फिफा विश्वकपबाट बिदा भएको थियो।

एम्बापे फिफा विश्वकपको सर्वाधिक गोलकर्ता

फ्रान्सका कप्तान केलियन एम्बाप्पेले जारी विश्वकपमा नवौँ गोल गरे । इङ्ल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा उनले दोस्रो हाफको ४८ औं मिनेटमा गोल गर्दै जारी विश्वकपको नवौं गोल पुरा गरेका हुन्। नवौं गोलसँगै जारी विश्वकपको गोल्डेन बुटको दावेदारीमा उनले अग्रता बनाए। जारी विश्वकपमा नवौं गोल गरेसँगै फिफा विश्वकपमा हालसम्मको सर्वाधिक गोलमा लियोनल मेस्सीको २१ गोलको रेकर्ड बराबरी गरे। 

खेलको ६६ औँ मिनेटमा केलियन एम्बापेले जारी विश्वकपको दशौँ गोल गरे। यो गोल गरेसँगै उनले हालसम्म फिफा विश्वकपमा गरिएको २१ गोलको सर्वाधिक गोलको रेकर्ड आफ्नो नाममा सारे। उनले फिफा विश्वकपमा २२ गोल गरे। 

जारी विश्वकपमा १० गोल गरेसँगै गोल्डेन बुटको दावेदारीमा अग्रतामा रहेका छन्। उनलाई अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पछाइरहेका छन्। भोलि हुने फिफा विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाले स्पेनसँग खेल्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.