वेस्ट इन्डिजका महान क्रिकेट खेलाडी सर गारफिल्ड सोबर्सको ८९ वर्षको उमेरमा निधन
काठमाडौं : वेस्टइन्डिजका दिग्गज पूर्व अलराउन्डर सर गारफिल्ड सोबर्सको ८९ वर्षको उमेरमा निधन भएको छ । उनलाई क्रिकेट इतिहासकै सबैभन्दा महान् खेलाडीहरूमध्ये एक मानिन्छ ।
सोबर्सले सन् १९५४ देखि १९७४ को बीचमा वेस्टइन्डिजका लागि ९३ वटा टेस्ट म्याच खेलेका थिए । यस अवधिमा उनले ८,०३२ रन बनाउनुका साथै २३५ विकेट समेत लिएका थिए । उनी आफ्नो आक्रामक देब्रेहाते ब्याटिङ र जुनसुकै शैलीमा बलिङ गर्न सक्ने अद्भुत क्षमताका लागि चर्चित थिए ।
देब्रेहाते ब्याट्सम्यान सोबर्सले सन् १९५८ मा पाकिस्तानविरुद्ध अविजित ३६५ रनको ऐतिहासिक पारी खेलेका थिए । यो पारी ३६ वर्षसम्म टेस्ट क्रिकेटको सर्वोच्च व्यक्तिगत स्कोरका रूपमा कायम रहेको थियो । सोबर्स स्पिन र सिम (फास्ट) दुवै प्रकारको बलिङ गर्न माहिर थिए । यसका साथै, सन् १९६८ मा नटिङ्घमशायरबाट खेल्दै सोबर्स प्रथम श्रेणी क्रिकेटको एक ओभरमा ६ वटा छक्का प्रहार गर्ने विश्वकै पहिलो खेलाडी बनेका थिए ।
प्रतिक्रिया दिनुहोस !