पोखरामा शृंखलाबद्ध चोरी गर्ने ४ विदेशीसहित ९ जना पक्राउ

पोखरामा शृंखलाबद्ध चोरी गर्ने ४ विदेशीसहित ९ जना पक्राउ

पोखरा :  पोखराका विभिन्न स्थानमा शृंखलाबद्ध चोरी गर्ने ९ जनाको गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जना विदेशी नागरिक र ५ जना नेपाली नागरिकलाई चोरीका सामानसहित पक्राउ गरेको हो। 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म रूपमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए। 

समूहले पोखराका ५ छुट्टाछुट्टै स्थानमा चोरी गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले २०८३ साल साउन १४ गते राति २ बजे पोखरा १८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला बराबरका सुनका गहना र ७० हजार रुपैयाँ नगद चोरी गरेका थिए। साउन ४ गते राति १ बजे पोखरा १७ छोरेपाटनस्थित शिव प्रसाद बरालको घरबाट ०.५ तोला सुनको गहना, १ लाख ५० हजार रुपैयाँ नगद, १ थान ल्यापटप र १ थान मोबाइल चोरी भएको थियो। 

साउन १५ गते राति २ बजे पोखरा १८ भकुण्डेस्थित गिरीधारी श्रेष्ठको घरबाट २ थान मोबाइल र १ तोला ५४ लाल सुनका गहना चोरी भएको थियो। साउन २३ गते राति १२ बजेर ४६ मिनेटमा पोखरा ८ ज्ञानकुञ्ज मार्गस्थित मोहसेन खतामीको कोठाबाट १ थान मोबाइल र २५ हजार रुपैयाँ नगद चोरी भएको थियो। साउन २३ गते नै राति २ बजेर ३० मिनेटमा पोखरा ६ लेकसाइडस्थित हिरामणि लामिछानेको घरबाट आइफोन मोबाइल सहितका सामान चोरी भएको थियो। 

पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारत उत्तर प्रदेश अशोकपुरका २३ वर्षीय राहुल निषाद र महाराष्ट्र सोलापुरका ४० वर्षीय सोमनाथ हनुमंत जाधव छन्। चीनको गुइझोउका ३० वर्षीय वेन जी र श्यानडोङका ३७ वर्षीय वाङ लियानयिन पनि पक्राउ परेका छन्। 

नेपाली नागरिकहरूमा स्याङ्जा चापाकोट नगरपालिका नम्बर ३ का ४२ वर्षीय राजकुमार बिक, कास्की अन्नपुर्ण गाउँपालिका नम्बर ७ का ५० वर्षीय राजु केसी भन्ने खिम बहादुर क्षेत्री र अर्घाखाँची भूमिकास्थान नगरपालिका नम्बर ३ का २९ वर्षीय अशोक पोखरेल रहेका छन्। पोखरा महानगरपालिका नम्बर १६ का ५१ वर्षीय केशब पाइजा मगर र बागलुङ नगरपालिका नम्बर १२ का २७ वर्षीय अनिल बिक पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट ठूलो परिमाणमा सुन, नगद र इलेक्ट्रोनिक्स सामान बरामद गरेको छ। बरामद सामानहरूमा ९ थान मोबाइल फोन, १ थान स्मार्ट घडी र १ थान ल्यापटप रहेका छन्। प्रहरीले १.३९४ तोला तौल भएको १ थान ब्रासलेट र ०.६४४ तोला तौल भएका ५ थान सुनका टुकराहरू बरामद गरेको छ। 

त्यसैगरी १.३४२ तोलाको १ थान, १.८७३ तोलाको १ थान, १.०५४ तोलाको १ थान, ०.५०५ तोलाको १ थान र ०.४७ तोलाको १ थान सुनको ढिक्का बरामद भएको छ। उनीहरूको साथबाट २ लाख १ हजार २ सय २० रुपैयाँ नगद समेत बरामद गरिएको सूचना अधिकारी पासवानले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.