पतिको ‘परफेक्ट मर्डर’ का लागि एक वर्ष अनुसन्धान, सर्पलाई डसाएर हत्या

पतिको ‘परफेक्ट मर्डर’ का लागि एक वर्ष अनुसन्धान, सर्पलाई डसाएर हत्या

भारत : उत्तर प्रदेशको मेरठमा एउटा हृदयविदारक घटना घटेको छ । जहाँ एक महिलाले ड्राइभरसँगको प्रेम सम्बन्धका कारण आफ्नै पतिको हत्या गराएको आरोप लागेको छ । उनले पतिलाई दूधमा निद्राको औषधि मिसाएर खुवाइन् र विषालु सर्पले डसाएर हत्या गरेको बताइएको छ ।

प्रहरीका अनुसार ती महिलाले करिब एक वर्षदेखि देशभर भएका पति हत्या घटनाहरूको अध्ययन गरिरहेकी थिइन् । उनले इन्टरनेटमा ‘परफेक्ट क्राइम’ अर्थात् प्रमाण नछोडी अपराध गर्ने तरिकाबारे जानकारी खोज्ने गरेकी थिइन् । साथै पुराना घटनाहरूमा प्रहरीले कसरी अपराधीलाई पक्राउ गर्‍यो भन्ने विषयमा पनि अध्ययन गरिरहेकी थिइन् ।

यही कारण मेरठको सर्प काण्ड दोहोर्‍​​​​​​याउन उनलाई सजिलो लागेको बताइएको छ । तर यस पटक उनले र उनका प्रेमी तुषारले पुराना घटनाका गल्ती नदोहोर्‍याएको दाबी गरिएको छ । दामिनीले सन् २०१९ मा अतुलसँग प्रेम विवाह गरेकी थिइन् । सुरुका केही समय उनीहरूको वैवाहिक जीवन राम्रो चलिरहेको थियो । तर दामिनीका अनुसार विवाहको दुई वर्षपछि अतुलले उनलाई कुटपिट गर्न थाले र यातना दिन थाले । पतिको व्यवहारबाट आफू निकै पीडित भएको उनले बताएकी छन् ।

करिब एक वर्षअघि उनको तुषारसँग प्रेम सम्बन्ध सुरु भएको थियो । त्यसपछि उनीहरूले अतुललाई बाटोबाट हटाउने योजना बनाउन थालेको प्रहरी अनुसन्धानमा उल्लेख छ । दामिनीले देशभर भएका चर्चित पति हत्या घटनाहरू इन्टरनेटमार्फत अध्ययन गर्न थालेकी थिइन् । यस्ता घटनाहरूमा नजर राख्नुका साथै उनले पत्रपत्रिकामा आएका समाचारहरू पनि पढ्ने गरेकी थिइन् ।

मेरठको नीला ड्रम केस अर्थात् सौरभ हत्याकाण्डमा साहिल र मुस्कानले गरेको घटनालाई उनले सुरुदेखि अन्त्यसम्म हेरेकी थिइन् । त्यस्तै बहसुमा क्षेत्रमा भएको सर्प काण्ड, इन्दौरका राजा रघुवंशीलाई उनकी पत्नी सोनम राजवंशीले मेघालय लगेर हत्या गराएको घटनाबारे पनि उनले जानकारी लिएको बताइएको छ । यसैगरी पुणेमा केतनलाई उनकी मंगेतर सिया गोयलले प्रेमी चेतन चौधरीसँग मिलेर किल्लाबाट तल धकेलेर हत्या गरेको घटनाबारे पनि दामिनीलाई जानकारी रहेको अनुसन्धानमा खुलेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.