भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
सुन्नुहोस्

भक्तपुर :  मध्यपुर थिमि–५ स्थित एसएस चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । शनिबार अपराह्न करिब साढे १२ बजे एसएस कलेजबाट बाटो काटी बागमती पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प २९०५ नम्बरको मोटरसाइकल र नयाँथिमि चोकबाट राधेराधेतर्फ आउँदै गरेको बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बा.प्र.०२–०२२ प २९०६ नम्बरको मोटरसाइकल चालकको ज्यान गएको प्रहरीले जनाएको छ । उदयपुरको कटारी–२ घर भई काठमाडौंको तीनकुने बस्ने १९ वर्षीय कविर कार्कीको ज्यान गएको प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक कुमार कार्कीले बताए ।  दुर्घटनापछि गम्भीर घाइते भएका कविरको मध्यपुर अस्पतालमा उपचारको क्रम्मा ज्यान गएको उनले जानकारी गराए ।

उनले चलाएको मोटरसाइकल पछाडि सवार काठमाडौंको सिनामंगल बस्ने १९ वर्षीया आलिया विक गम्भीर घाइते भएकी छन् र उनको सघन उपचार भइरहेको प्रहरीको भनाइ छ । अर्को मोटरसाइकलका चालक भने सकुशल रहेका छन् । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी–२ घर भई हाल भक्तपुरको बालकोट बस्ने २४ वर्षीय मनीष राई सामान्य उपचारपछि डिस्चार्ज भएका हुन् । उनलाई प्रहरी बृत्त थिमिले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको डीएसपी कार्कीले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.