झापामा कारसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
झापा : झापाको गौरीगञ्जमा कारसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मोरङ जिल्ला रतुवामाई–५ गोविन्दपुर निवासी ३० वर्षीय मोहम्मद नुर इस्लाम र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो १ बजे हुलाकी राजमार्ग अन्तर्गत गौरीगञ्ज गाउँपालिका–२ स्थित कृष्ण खोला छेउमा पश्चिम विराटनगरबाट पूर्व तुलाचन चोकतर्फ आउँदै गरेको प्र १–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते मोटरसाइकल चालक इस्लामलाई दमक अस्पताल दमक पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
त्यस्तै मोटरसाइकलमा पछाडि सवार मोजाबुल हकलाई न्युरो अस्पताल विराटनगर लगिएको थियो । डाक्टरले चेकजाँच गर्दा उनको पनि मृत्यु भइसकेको थियो । कार चालक विराटनगर–१३ निवासी ३५ वर्षीय विवेक सिंह पनि घाइते भएका छन् । उनको विराट नर्सिङ होम अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस !