डडेल्धुरामा बोलेरो जीप दुर्घटना अपडेट : दुई मृतक र तीन घाइतेको खुल्यो पहिचान

डडेल्धुरामा बोलेरो जीप दुर्घटना अपडेट : दुई मृतक र तीन घाइतेको खुल्यो पहिचान
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान भएको बोलेरो जीप दुर्घटनामा परी मृत्यु हुने दुवैको पहिचान खुलेको छ। उक्त जीप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. ५२ गुल्म डडेल्धुराका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५० नम्बरको बोलेरो जीप शनिबार बिहान करिब ३ः३० बजे अनियन्त्रित भई सडकबाट करिब ३००–४०० मिटर तल खसेको हो ।

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्यालको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनामा जीप चालक बैतडीको डिलाशैनी गाउँपालिका–२ का २० वर्षीय अमृत घरेडी घाइते भएका छन् । साथै दार्चुलाको मार्मा गाउँपालिका–३ का ५० वर्षीय अम्मरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल घाइते भएका छन् ।

घाइतेमध्ये चालक घरेडीलाई सामान्य चोट लागेको छ भने ठगुन्ना र सरस्वती लोथ्यालको टाउको, छाती तथा शरीरका अन्य भागमा मध्यम चोट लागेको जनाइएको छ । उनीहरू तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको  छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.