काठमाडौं : देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केहीमाथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको बुलेटिनमा उल्लेख छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर अधिकांश बादल लाग्नेछ। बिहान जारी बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आइतबार पनि कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !