झापामा ४ वटा औषधि पसल सिल

झापामा ४ वटा औषधि पसल सिल

झापा : झापामा चारवटा औषधि पसल सिल गरिएको छ। औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका विभिन्न स्थानमा सञ्चालित औषधि पसलहरूको स्थलगत अनुगमनको क्रममा चारवटा औषधि पसल सिल गरिएको हो। 

संयुक्त अनुगमन टोलीले तीन दिनसम्म जिल्लाको भद्रपुर, बिर्तामोड, कचनकवल र दमकमा गरी ४७ वटा औषधि पसलको अनुगमन गरेका थिए। अनुगमनका क्रममा भद्रपुरको सृजना फार्मेसी, चन्द्रगढीको निदान आयुर्वेद मेडिकल, कचनकवलको अमिला मेडिकल हल र सापकोटा हेल्थ क्लिनिक सिल गरिएको औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काले जानकारी दिए। 

सिर्जना मेडिकल हल भद्रपुरले एउटा लाइसेन्सबाट दुई वटा पसल सञ्चालन गरेपछि शील गरिएको उनले बताए। त्यस्तै निदान आयुर्वेद मेडिकलले दर्ता प्रमाणपत्र देखाउन नसकेको, अमिला मेडिकल हलले व्यवसायीको अनुपस्थितिमा फार्मेसी सञ्चालन गरेको तथा पसल दर्ता नवीकरण म्याद गत वर्ष सकिएको र सापकोटा हेल्थ क्लिनिकले दर्ता नगरी फार्मेसी सञ्चालन गरेको अनुगमनको फेला परेको उनको भनाइ छ। 

त्यस्तै प्रादेशिक अस्पताल भद्रपुर अगाडिका दुई वटा औषधि पसल भद्रपुर मेडिकल हल र खरेल फार्मेसी अनुगमनका बेला बन्द रहेको हुँदा विभागमा उपस्थिति हुन पत्र काटिएको जनाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.