प्रहरीले धरानबाट हटायो अवैध यातायात काउन्टर

प्रहरीले धरानबाट हटायो अवैध यातायात काउन्टर

धरान : धरानमा सिन्डिकेटधारी व्यवसायीका  काउण्टर हटाइएको छ। सरकारले यातायातका साधनमा लगाउँदै आएको सिन्डिकेट प्रणली खारेज गरेको भए पनी धरानमा व्यवसायीले सिन्डिकेटलाई निरन्तरता दिँदै आएका थिए। 

यातायात व्यवसायीले भानु चोक बसपार्कमा विभिन्न युवा समूहलाई परिचालन गरी सिन्डिकेटलाई निरन्तरता दिइरहेको समाचार अन्नपूर्ण पोस्ट्मा पकट–पटक प्रकासित भएपछि प्रहरीले शुक्रबार सिन्डिकेटको काउण्टर साइन बोर्ड हटाएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक होमराज दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले धरान बसपार्कमा संचालन भएका काउण्टर हटाएको हो। 

गृहमन्त्री थापाले यातायातका साधन संचालनमा सिन्डिकेट लगाउनेलाई कारवाही गर्न निर्देशन दिए पनि सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले सिन्डिकेटधारी व्यवसायीलाई कारवाही गर्न चासो नदेखाएको समाचार बिहीबार अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएपछि गृहमन्त्री थापाको कडा निर्देशनमा धरानमा संचालन गरिएका सिन्डिकेटका काउण्टर र दुई दर्जन बढी अबैध काउन्टरका ब्यानर फालिएको हो।

धरानमा कोसी बस व्यवसायी संघ, पूर्वाञ्चल यातायात संघ, सप्तकोसी बस व्यवसायी संघ, संयुक्त बस व्यवसायी संघलगायतका संघसस्थाले भानु चोक बसपार्कमा अवैध काउण्डर संचालन गरी सिन्डिकेटलाई निरन्तरा दिइरहेका थिए। 
शुक्रबारबाट अवैध रुपमा संचालन गरिएका काउण्टर सबै हटाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए। धरानबाट पहाडी जिल्ला धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम तथा मोरङ, झापालगायतका जिल्लामा संचालन हुँदै आएका यात्रु बसमा आलोपालो प्रणाली लगाएर व्यवसायीले सिण्डकेटलाई निरन्तरता दिँदै आएका थिए। 

धरानमा प्रालिमा दर्ता भएर विधिवत संचालन हुँदै आएका काउण्टर भने निर्वाद रुपमा संचालन हुँदै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.