समाचार प्रभाव : एकैदिनमा बन्यो बाटो
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित काँडाघारीको खहरे चोकका खाल्डाहरू वडा कार्यालयले पुरेको छ । अन्नपूर्ण पोस्ट डटकममा शुक्रबार बिहान दुई तस्बिरसहित समाचार प्रकाशन गरेपछि वडा नं. ९ का वडाध्यक्ष कुन्दन खड्काले तत्काल डोजर झिकाएर खाल्डा पुर्न लगाएका हुन् । खड्काले पानी निकासा गरी ढल बनाएर चारवटा खाल्डा पुरेको जानकारी दिए । तीन महिनादेखि सडक मर्मतका लागि भन्दै खाल्डा खनिएका थिए ।