जनताले आशा गरेअनुसार सरकारले काम गर्न सकेको छैन, प्रधानमन्त्री सचेत हुनुपर्छ : गगन थापा

जनताले आशा गरेअनुसार सरकारले काम गर्न सकेको छैन, प्रधानमन्त्री सचेत हुनुपर्छ : गगन थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन्। शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको गठनको उद्देश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको जिकिर  गरे। 

थापाले सरकारको फेरबदल अहिले नहुने तर, सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्ने धारणा राखे । रवि लामिछानेको विषय अदालतमा प्रवेश गरिसकेकाले यस विषयमा आफूले कुनै टिकाटिप्पणी नगर्ने उनको भनाइ छ ।

त्यसअघि उपन्यास विमोचन कार्यक्रममा थापाले कांग्रेस पार्टीका नेताहरुको चिन्ता केवल २०८२ सालमा हुने महाधिवेशन र २०८४ मा हुने निर्वाचनमा मात्रै केन्द्रीत भएको टिप्पणी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.