प्रधानमन्त्री ओलीद्वारा प्रदेश १ बाट सम्बोधन
विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ बाट सम्बोधन गर्दै छन् । प्रदेश १ को संसदबाट उनले सम्बोधन गर्न थालेका हुन् ।
सम्बोधन गर्ने क्रममा उनले अधिकारभन्दा पनि कर्तव्य पालना गर्ने बेला आएको बताएका छन् । राजनीतिक र सामाजिक समानातामा सफलता प्राप्त भइसकेको र अब देशको विकास, सुशासन र जनताको भलाईका लागि लाग्नुपर्ने बेला आएको बताए ।