सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्च स्तरीय प्रविधिको उपयोग गर्न विज्ञहरूको सुझाव

सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्च स्तरीय प्रविधिको उपयोग गर्न विज्ञहरूको सुझाव
सुन्नुहोस्

काठमाडौं : सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्च स्तरीय प्रविधिको उपयोग गर्नुपर्नेमा विज्ञहरूले सुझाव दिएका छन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकहरूसँग भएको छलफलमा उनीहरूले प्रविधिको उपयोगबाट यातायात व्यवस्थापनका साथै सडक सुरक्षा सहज बनाउन सकिने बताएका हुन्। सो क्रममा मन्त्री देवेन्द्र दाहालले सडक निर्माण मात्र नभई सुरक्षाको सवाल समेत जरुरी भएकाले मन्त्रालयले त्यसतर्फ पनि ध्यान दिएको बताए। 

विभिन्न निकाय तथा विज्ञहरूसँग आवश्यक समन्वय गरी सडक सुरक्षालाई दर्बिलो बनाउन र सेवाग्राहीहरूलाई सुरक्षित तथा सरल सेवा प्रवाह गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए। मन्त्री दाहालले सडक सुरक्षा, व्यवस्थापन तथा सेवा प्रवाहलाई सरल पार्ने विषयमा कानुनी तथा नीतिगत जटिलताहरू भएमा त्यस्ता व्यवस्थाहरू सरल पार्न मन्त्रालय तत्पर रहेको समेत बताए। 

 
छलफलमा प्रतिष्ठानका सचिव रविन्द्रप्रसाद ढकालले विभिन्न राष्ट्रका विश्वविद्यालय एवम् प्राज्ञिक निकायहरुसँग सहकार्य गरी सडक सुरक्षा तथा यातायात व्यवस्थापनका क्षेत्रमा कार्य गर्न प्रतिष्ठान अग्रसर रहेको बताए। यस्तै प्रतिष्ठानकै वरिष्ठ वैज्ञानिक सुरेशकुमार ढुंगेल, ईश्वर बज्राचार्य, प्राविधिक अधिकृत हरिराम श्रेष्ठ लगायत मन्त्रालयकै प्राविधिकहरू सहित मन्त्री दाहालले सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा प्रविधिको उपयोग बारे छलफल गरेका हुन्।

त्यस क्रममा विज्ञहरूले अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय तथा सोही प्रकारका अन्य प्रतिष्ठानहरूसँग सहकार्य गर्दा आवश्यक पर्ने नीतिगत एवम् कानुनी व्यवस्था सरल बनाई दिन आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.