केतन हत्या प्रकरण : प्रेमी चेतनले सियामाथि दिएका थिए दबाब, ब्ल्याकमेलको आशंका

केतन हत्या प्रकरण : प्रेमी चेतनले सियामाथि दिएका थिए दबाब, ब्ल्याकमेलको आशंका
सुन्नुहोस्

भारत : पुणेका केतन अग्रवाल हत्या प्रकरणमा नयाँ मोड देखिएको छ । प्रहरीले अब यो घटनाको नयाँ कोणबाट अनुसन्धान थालेको छ । अनुसन्धानको केन्द्रमा अहिले यो प्रश्न छ–कतै सियाका प्रेमी चेतनले उनलाई आफ्नै भावी दुलाहा केतनको हत्या गर्न बाध्य त पारेनन् ? स्रोतहरूका अनुसार प्रहरीले चेतनले सियासँग भएका निजी कल र सन्देश (प्राइभेट मेसेज) प्रयोग गरेर उनलाई दबाब वा ब्ल्याकमेल गरेको थियो कि भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको छ । साथै, अन्य डिजिटल प्रमाणहरूको समेत परीक्षण भइरहेको छ ।

अनुसन्धानमा सियाको विवाह सम्पन्न र धनी परिवारमा हुन लागेको अवस्थाले पनि चेतनले दबाब सिर्जना गरेको हुन सक्ने आशंका गरिएको छ । यदि सियाले केतनको हत्या योजनामा साथ नदिए उनीहरूको सम्बन्ध सार्वजनिक गरेर बदनाम गरिदिने धम्की दिएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी अनुसन्धानका क्रममा लोहागढ किल्लाबाट केतनलाई धकेल्ने योजना असफल भएमा ‘प्लान–सी’ समेत तयार गरिएको थियो भन्ने संकेत पनि भेटिएको बताइएको छ ।

विभिन्न कोणबाट अनुसन्धान

प्रहरीका अनुसार मे महिनामै केतनको हत्या गर्ने प्रयास भएको हुन सक्ने आशंकामाथि पनि अनुसन्धान भइरहेको छ । चेतनले उक्त षड्यन्त्रमा सियाको संलग्नता सार्वजनिक गरिदिने धम्की दिएको थियो कि भन्ने विषय पनि अनुसन्धानको दायरामा छ । केतन सम्पन्न परिवारका भएकाले चेतनले हत्या गरेर पछि सियालाई नै ब्ल्याकमेल गर्दै पैसा असुल्ने योजना बनाएको थियो कि भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ ।

यससँगै सियाको बैंक खाताको विवरण पनि जाँच भइरहेको छ । भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार सियाले गोप्य रूपमा चेतनको खातामा रकम पठाएकी थिइन् कि भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ । केतनमाथि निगरानी गर्न तथा हत्या योजनाका क्रममा भएका खर्च सियाले नै व्यहोरेकी थिइन् कि भन्ने आशंका पनि गरिएको छ ।

ब्ल्याकमेल गरेर पैसा असुलिएको थियो ?
प्रहरीले चेतनले सियालाई ब्ल्याकमेल गरेर पैसा लिएको थिए कि भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको छ । साथै, केतनको हत्या सफल भएपछि सियाले चेतनलाई मासिक रूपमा वा एकमुष्ट ठूलो रकम दिने सहमति भएको थियो कि थिएन भन्ने तथ्य पनि खोजी भइरहेको छ । फरेन्सिक टोलीले १८ जुनअघि सियाले ठूलो परिमाणमा नगद निकालेकी थिइन् कि थिएन भन्ने विषय पनि जाँच गरिरहेको छ । उक्त रकम हत्या योजना बनाउन वा कार्यान्वयन गर्न प्रयोग गरिएको थियो कि भन्ने पनि अनुसन्धानको हिस्सा बनेको छ ।

१७ करोड रुपैयाँको विवाह तयारी
प्रहरीका अनुसार सियाले आफ्ना प्रेमी चेतनसँग मिलेर हुनेवाला श्रीमान् केतनलाई लोहागढ किल्लाबाट धकेलेर हत्या गरेकी थिइन् । दुवैको विवाहको तयारी भव्य रूपमा भइरहेको थियो । जयपुरमा करिब १७ करोड भारतीय रुपैयाँ खर्चेर एउटा दरबार (प्यालेस) बुक गरिएको थियो भने विवाहमा आफन्तलाई लैजान दुई वटा चार्टर्ड विमान समेत बुक गरिएको थियो ।

बाली यात्राअघि पासपोर्ट चोरी गरेको आरोप
यसअघि सियाले केतनको पासपोर्ट चोरी गरेको आरोप पनि सार्वजनिक भएको थियो । केतनका पिता विशाल अग्रवालका अनुसार जुन ६ मा प्रि–वेडिङ फोटोसुटका लागि बाली जाने योजना थियो । केतन, उनकी बहिनी, सिया र सियाका भाइ साहिलले गाडीमा चढ्नुअघि सबैको पासपोर्ट एउटै पाउचमा राखेका थिए ।

बाटोमा खाना खान रोकिँदा सियाले आफ्नो मोबाइल गाडीमै छुटेको भन्दै एक्लै गाडीमा गएकी थिइन् । त्यसपछि विमानस्थल पुग्दा केतनको पासपोर्ट मात्रै हराएको भेटिएको थियो भने अन्य सबैको पासपोर्ट सुरक्षित थियो ।

‘सियाले देखाइनन् कुनै पश्चाताप’
केतनका पिता विशाल अग्रवालका अनुसार प्रहरीले छोराको शव घर ल्याउँदा सियाले कुनै भावनात्मक प्रतिक्रिया जनाइनन् । उनले भने, ‘उसको अनुहारमा कुनै पश्चाताप देखिएको थिएन ।’ प्रहरीका अनुसार घटनासँग सम्बन्धित सबै प्रमाणहरू जोड्ने, फरेन्सिक विश्लेषण गर्ने तथा यस षड्यन्त्रमा अन्य कुनै व्यक्तिको संलग्नता थियो कि थिएन भन्ने विषयमा अनुसन्धान अझै जारी छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.