उपचाररत अवस्थामै डा. देवकोटालाई जन्मघर लगिँदै
काठमाडौँः पित्त थैलीको क्यान्सरका काारण गम्भीर बिरामी वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई शनिबार दिउँसो उनको जन्मघर लगिएको छ ।
बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत अवस्थामै ६३ वर्षीय डा. देवकोटालाई उनकै इच्छा अनुसार हेलिकोप्टरबाट गोरखाको आँपपिपल पण्डित गाउँस्थित जन्मघरमा हेलिकोप्टरबाट लान लागिएको हो ।
‘उहाँकै इच्छा अनुसार अहिले हेलिकोप्टरबाट जन्म घरर्फ लगिँदैछ’, अस्पतालका एक चिकित्सकले भने, ‘घरको पिँढीमा बस्ने र सिस्नेपाी धाराको पानी खाने उहाँको इच्छा पुरा गर्न गोरखा लान लागिएको हो ।’
डा. देवकोटालाई जन्मघरमा केही घण्टा राखेपछि आजै हेलिकोप्टरबाट अस्पतालमा फर्काइने छ । शुक्रबार राति देवकाटाका बारेमा अपवाह फैलिएपछि अस्पताल तथा देवकाटाका परिवारमा तनाव भएको थियो ।
अपवाह चिर्न अस्पताल प्रशासनले शनिबार बिहान प्रेस विज्ञप्ति निकाल्यो भने देवकोटा उपचाररत रहेको पुष्टि गर्न अस्पताल परिसरमा समेत निकाल्नुपरेको थियो ।