डा. उपेन्द्र देवकोटालाई जन्मघर लगियो
काठमाडौँः पित्त थैलीको क्यान्सरका काारण गम्भीर बिरामी वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई शनिबार दिउँसो उनको जन्मघर लगिएको छ ।
बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत अवस्थामै देवकोटालाई उनकै इच्छा अनुसार हेलिकोप्टरबाट गोरखाको आँपपिपल पण्डित गाउँस्थित जन्मघरमा हेलिकोप्टरबाट लगिएकोहो।
‘उहाँकै इच्छा अनुसार अहिले हेलिकोप्टरबाट जन्म घरर्फ लगिँदैछ’, अस्पतालका एक चिकित्सकले भने, ‘घरको पिँढीमा बस्ने र सिस्नेपाी धाराको पानी खाने उहाँको इच्छा पूरा गर्न गोरखा लान लागिएको हो ।’डा. देवकोटालाई जन्मघरमा केही घण्टा राखेपछि दिउँसो हेलिकोप्टरबाट अस्पतालमा फर्काइने छ । शुक्रबार राति देवकाटाका बारेमा अपवाह फैलिएपछि अस्पताल तथा देवकाटाका परिवारमा तनाव भएको थियो ।
पढ्नुहाेस्
- उपेन्द्र देवकोटाकी छोरी अपहरणका मुख्य अभियुक्तलाई १७ वर्ष कैद
- डा. उपेन्द्र देवकोटाबारे कसरी फैलियो अफवाह ? कस्तो छ अवस्था ?
- अस्पताल परिसरमा टहलिँदै डा. देवकोटा
- डा. उपेन्द्र देवकोटालाई देख्दा... (भिडियो)
अस्पताल प्रशासनले शनिबार बिहान प्रेस विज्ञप्ति निकालेको थियो । देवकोटा उपचाररत रहेको पुष्टि गर्न अस्पताल परिसरमा समेत निकालेको थियो ।