सर्वोउत्कृष्ट राष्ट्रिय गीत अवार्ड प्रेवविवश घर्तीलाई
काभ्रे : बनेपामा सम्पन्न चौथो राष्ट्रिय सुन्दरादेवी म्यूजिक अवार्ड २०७५ गायक प्रेम विवश घर्तीले राष्ट्रिय गीत बाट सर्वोउत्कृष्ट भएका छन् ।
दोहोरी र तिजका गीत गरी करिब तीन दर्जनको हाराहारीमा दर्शका श्रोतामाझ आफ्ना साँगीतिक कोसेली पस्किएर चर्चा कमाउन सफल भएका गायक तथा सँगीतकार प्रेम विवश घर्तीेले जागरण दिने देशभक्तिको गीत ‘हाम्रो नेपाल राम्रो नेपाल’ बाट सर्वोउत्कृष्ट हुँदै अवार्ड हात पार्न सफल भएका हुन् ।
घर्ती र स्मृती शाहीको स्वर रहेको गीतमा घर्तीकै शब्द सँगीत रहेको छ । विशेष गरि बेला बेलामा बुद्धको जन्म स्थानको विषयमा आउने भ्रमात्मक कुरालाई चिर्न र प्रष्ट पार्नको लागि आफूले यो गीत विदेशी नागरिकको समेत समर्थन गराउदै भिडियो तयार पारिएको घर्तीले जानकारी दिए ।
समग्र देशझक्ती भावले भरिएका शब्द श्रृजना र देशभक्ति भवनाले ओतप्रोत यस गीतमा गायक घर्ती,ल क्ष्मी बोहरा बालकालाकार प्रवेश घर्ती र प्राप्ती सुवेदी ,सत्यवती कलाकेन्द्र सँगै चाइनिज , इण्डियन र अमेरिकन नागरिक समेतको अभिनय देख्न सकिन्छ ।
काठमाडौं को स्वयम्भुमा सुटिङ सम्पन्न भएको यस देशभक्ती भावको गीतमा उदिराम खड्काको निर्देशन र देवराज आचार्यले छायाङकन गरेका छन् भने नवीन घर्तीले सम्पादन गरेका छन् ।
सो अवसरमा विभिन्न ३६ विद्याका ५६ ओटा अवार्ड दिइएको अध्यक्ष किरण अधिकारीले जानकारी दिए।