घरम बसेर विदेश सरह कमाइ

घरम बसेर विदेश सरह कमाइ

बाँसखर्क (सिन्धुुपाल्चोक) : पाँचपोखरी थाङ्पाल गाउँपालिका–१, बाँसखर्ककी फूलकुुमारी तामाङको परिवारले घरमै बसी गलैंचाको तानबाट मासिक २० हजार रुपैयाँभन्दा बढी कमाउँछ।

खेतीपाती र घरधन्दाको कामसँगै फूलकुुमारी र उनका श्रीमानले घरमै गलैंचा बुुनेर परिवारको खर्च मात्र हैन बचतसमेत गर्छन्। गाउँमा यातायातको साधन चल्न थालेपछि घरेलुु उद्योगको रूपमा गलैंचा बुुनेर जीविका टार्नेको संख्या बढेको स्थानीय बताउँछन्। ‘घरको अन्य कामबाट फुुर्सद मिलेका बेला काम गर्दा पनि महिनामा २० हजारभन्दा बढी कमाइ हुुन्छ’, गलैंचा बुुन्दै गरेकी फूलकुुमारीले भनिन्, ‘घर खर्च कटाएर केही रकम बचत पनि गरेका छौं।’

घरमा बुुनेको गलैंचा घरबाटै बिक्री हुुने भएपछि गाउँका प्रायः घरमा संस्कारकै रूपमा गलैंचाको तान झुुन्डिन थालेको छ। घरमै ग्राहक आएर गलैंचा किन्न थालेपछि स्थानीय घरमै बसेर विदेशमा सरह कमाई गर्न सकिन्छ भन्ने विश्वास पलाउन थालेको बाँसखर्कका वडाअध्यक्ष सूर्यमान दोङले बताए।

जिल्लाकै विकट मानिने बाँसखर्क र बरुवामा स्थानीयको पहलमा सडक निर्माणपछि घरघरमा गलैंचा बुुन्न थालिएको हो। बाँसखर्क र बरुवाका बासिन्दा पछिल्लो समय घरमै बसेर मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्छन्। केही घरमा केही अघिदेखि गलैंचा बुुन्ने चलन भए पनि सडक निर्माणपछि यसले तीव्रता पाएको स्थानीय वडाअध्यक्ष दोङले बताए। पछिल्लो समय अधिकांश घरमा व्यावसायिक रूपमै गलैंचा बुुन्ने गरिएको उनले जानकारी दिए।

गाउँमै बसेर महिनाको २० हजार रुपैयाँभन्दा बढी आम्दानी हुुने भएकाले बरुवाकी ३३ वर्षीया डोल्मा लामा विदेशबाट फर्किएपछि घरमै गलैंचा बुुन्न थालेकी छिन्। चार वर्षदेखि व्यावसायिक रूपमा घरमा तान राखेर गलैंचा बुुन्न लागेकी लामा तीन वर्ष दुुवई बसेर आएकी हुुन्। ‘राम्रोसँग काम गर्न सक्यो भने विदेशमा हुुने कमाई आफ्नै घरमा बसेर हुुँदो रहेछ’, डोल्माले भनिन्, ‘आफ्नो घरमै बसेर राम्रो आम्दानी हुुने भएकाले मैले विदेश जाने सोच नै त्यागेँ।’ डोल्माका अनुुसार गाउँमै आएर अर्डर दिनेहरूले धागोलगायत सामान समेत ल्याइदिने भएकाले आफूले लगानी नै नगरी राम्रो आम्दानी गर्न सकिन्छ।

१५ वर्षीया सुुम्जो लामाले फुुर्सदको समयमा तानमा बसेर आनो पढाई खर्च मात्र धानेकी छैनन्, बावुु आमालाई घर खर्च पनि दिने गरेकी छिन्। फुुर्सदको समय मात्र काम गर्दा पनि महिनाको झण्डै सात आठ हजार आम्दानी हुुने सुुम्जोको भनाई छ। आफैले काम गरेर पढ्दा बावुु आमाको बोझ कम हुुने उनको भनाइ छ।

गाउँमै व्यवसाय गरेर मनग्गे आम्दानी गर्न थालेपछि स्थानीय उद्यमी विदेश मोहमा फसेका बाँसखर्क र बरुवाका युुवायुुवतीका लागि चुुनौती बनेका छन्। केही महिलाले सुुरु गरेको यो व्यवसायले अब सिंगै गाउँ भरिन लागेको छ। आफ्नै गाउँमा बसेर पनि पैसा कमाउन सकिन्छ भन्ने मान्यता स्थापित हुुन लागेको शिक्षक आलोक स्याङ्बोको अनुुभव छ। उनको विचारमा गलैंचा व्यवसायका लागि सहज रूपमा ऋण र सहुुलियतको व्यवस्था हुुन सके वैदेशिक रोजगारीका कारण युुवायुुवतीविहीन बन्न लागेको गाउँ फेरि भरिभराउ हुुने थियो। हिमाली बस्तीमा पर्याप्त उत्पादन नहुुने र भएका उत्पादन पनि जंगली जनावरले नास गर्ने गर्दा स्थानीय वैकल्पिक रोजगारीको खोजीमा विदेश पलायन हुुने गरेका छन्। घरमै उत्पादन हुुने गलैंचा उद्योगलाई प्रवद्र्धन गर्न सके वैदेशिक रोजगारीमा भर पर्नुु नपर्ने स्थानीयको अपेक्षा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.