अक्सिजनको अनुगमन

अक्सिजनको अनुगमन

आम उपभोक्ताको दृष्टिले नेपाली बजार कति धेरै अविश्वसनीय हुँदै गएको छ भने यहा“ केकेमा ठगी हुन्छ भन्दा पनि केमा ठगी हँुदैन भन्ने प्रश्न उठ्न थालेको छ । हु“दाहु“दा अब हिमाल आरोहणका क्रममा प्रयोग हुने अक्सिजनमा समेत ठगी हुने गरेको खबर आएको छ । उच्च हिमाली क्षेत्रको जोखिमपूर्ण आरोहणका क्रममा आरोहीहरूले अक्सिजनको प्रयोग गर्ने गर्छन् । टोपआउट, पोइक्स, समिट आदि नामका ६ हजारभन्दा बढी सिलिन्डर प्रयोगमा भए पनि आधा त २० वर्ष पुराना छन् ।

 एकातिर मनलाग्दी मूल्य तोक्ने प्रवृत्ति हावी छ भने अर्कोतर्फ अक्सिजन गुणस्तरहीन भेटिएको छ । भुक्तभोगी आरोहीहरूले ‘क्याम्प २’ भन्दा माथि यो अक्सिजनले कामै नदिने गुनासो गरे पनि सरकार यो ठगीबारे बेखबर र उदासीन दुवै छ । आरोहीको स्वास्थ्य र जीवनसँगै जोडिएको यो विषयको संवेदनशीलता महसुस गर्दै सरकारले तत्काल यसमाथि गम्भीर अनुगमन थालिहाल्नुपर्छ ।

हिमाल आरोहणमा जाने आरोहीहरू उचाइ चढ्दै गर्दा अनिवार्य रूपमा अक्सिजन प्रयोग गर्ने गर्छन् । उचाइमा ‘लिक्विड अक्सिजन’ को प्रयोग गर्नुपर्छ, तर अक्सिजन कारोबार गर्ने कम्पनीहरूसँगको मिलेमतोमा कतिपय पर्यटन व्यवसायीहरूले ‘लिक्विड अक्सिजन’ को सट्टा मेडिकल अक्सिजन सिलिन्डर प्रयोग गर्ने गरेको भेटिएको छ । हिमालमा प्रयोग हुने लिक्विड अक्सिजनको ड्यु पोइन्ट मोइस्चर माइनस ६० डिग्री हुनुपर्छ । जुन मेडिकलमा भरिएको अक्सिजनमा पाइँदैन । उसै पनि हिमालको बाहिरी तापक्रम चिसो हुन्छ । 

जसकारण सिलिन्डरमा प्रेसर बढी हुन्छ र सीमित काम दिन्छ । त्यसमाथि गुणस्तरहीन अक्सिजन प्रयोग हु“दा त्यसले आरोहीको आवश्यकता पूर्ति हुँदैन । अक्सिजनको मात्रा कम हुने उचाइमा त्यसको अनिवार्य आवश्यकता हुने भएकाले आरोहीले सिलिन्डरसहित आरोहण गर्ने हुन् । सिलिन्डरको अक्सिजनमै आरोहीको जीवन जोडिएको हुन्छ । जीवनमरण जोडिएको यस्ता विषयमा पनि कमाउने लालच राख्दै कम गुणस्तरीय अक्सिजन बेच्न सक्ने व्यवसायीमाथि सख्त कारबाही हुन जरुरी छ । सरकारले यसमाथि गम्भीर खोजबिन गर्नु जरुरी देखिन्छ ।

बेरोकतोक गुणस्तरहीन अक्सिजन प्रयोग भइरहेको सन्दर्भले सरकारको कमजोर अनुगमन प्रणालीलाई फेरि एकपटक सतहमा ल्याएको छ । यसखाले प्रवृत्तिका कारण आरोहणको जोखिम बढ्ने मात्रै होइन, आरोहणप्रतिको विश्वसनीयतामै पनि गम्भीर प्रश्न उठ्छ । गुणस्तर नभएको अक्सिजनले ‘क्याम्प २’ भन्दा माथि कामै नदिने दाबी विज्ञहरूले गरिरह“दा यो जोखिमपूर्ण भएको प्रस्ट हुन्छ । त्यसकारण सरकारले गुणस्तरहीन अक्सिजनको मनपरी व्यापारमाथि छानबिन गर्दै त्यसलाई नियन्त्रण गर्न ढिलाइ नगरोस् । हिमाल आरोहण गर्ने पर्यटक एकातिर ठगीको चपेटामा परेका छन् भने अर्कोतर्फ कम गुणस्तरको अक्सिजन प्रयोग गर्नुपरेकाले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

यो अवस्थाको अन्त्य जरुरी छ । यसका लागि सरकारले तत्काल आरोहणका क्रममा प्रयोग हुने अक्सिजनको उचित मापदण्ड बनाउनु आवश्यक छ । मापदण्ड पूरा नगरी प्रयोग भएका बीसौं वर्ष पुराना सिलिन्डरको विस्थापन गराइनु आवश्यक छ । अक्सिजनको प्रयोग आधार शिविरभन्दा माथि हुन्छ र यो प्राविधिक विषय पनि हो । यसको अनुगमन प्रणाली केकस्तो हु“दा प्रभावकारी हुन्छ, यसको प्रयोगको मापदण्डसहित नियमनको बाटो सरकारले पहिल्याउन आवश्यक छ । सरकारले आरोहीलाई अक्सिजन लिएर आरोहणमा जान निर्देशन दिने गरेको भए पनि कस्तो अक्सिजन प्रयोग गर्छन् भन्नेतर्फ ध्यान दिएको पाइँदैन । अबका दिनमा सरकारले अक्सिजनको गुणस्तर जो आरोहीको स्वास्थ्यमाथि प्रत्यक्ष सरोकार राख्छ, त्यो विषयलाई पनि अनुगमनको विषय बनाउनु आवश्यक छ । अहिले गुणस्तरहीन अक्सिजन बेचिरहेका व्यवसायीलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन पनि उत्तिकै जरुरी छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.