अभ्यास खेलमा विराटनगर पोखरासँग पराजित

अभ्यास खेलमा विराटनगर पोखरासँग पराजित
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तयारीमा रहेको विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग ३६ रनले पराजित भएको छ। मूलपानी क्रिकेट मैदानमा पोखरासँगको अभ्यास खेलमा विराटनगर पराजित भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। उसका लागि मार्की खेलाडी कुशल भुर्तेलले सर्वाधिक ३५ बलमा ५५ रनको विष्फोटक इनिङ खेल्दा अन्य खेलाडीको प्रदर्शन भने औसत रह्यो। थप दोहोरो स्कोरका रूपमा दिनेश खरेलले १६ रन बनाउँदा विदेशी खेलाडी बास डि लिड्सले १९ रन बनाए। त्यस्तै, माइकल लिस्कले २१ रन बनाउँदा किरण ठगुन्नाले १० रन बनाएका थिए।

विराटनगरका लागि सन्दीप लामिछाने र सुवाष भण्डारीले २-२ विकेट लिँदा जितेन्द्र मुखिया, प्रतिश जिसी र राजेश पुलामीले समान १-१ विकेट लिए।

विदेशी खेलाडीबिना मैदानमा ब्याटिङका लागि उत्रिएको विराटनगर गतिलो ब्याटिङ गर्न असफल भयो। विराटनगर निर्धारति २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रनमा समेटिएको थियो। उसका लागि फिर्दोस अन्सारीको २१ रनमा अविजित रहँदा दिपक बोहराले १९ रन तथा बसिर अहमदले १८ रन बनाए।

फिर्दोसलाई सुवास भण्डारीले १२ रनमा साथ दिएका थिए। पोखराका लागि सागर ढकाल र तीर्थ राज दासले २-२ विकेट लिएका थिए। शनिबार हुने एनपीएलको उद्‍घाटन खेलमा विराटनगरले जनकपुर बोल्ट्सको सामना गर्दै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.