सडककै जग्गा किनबेच

सडककै जग्गा किनबेच

गाईघाट : सगरमाथा राजमार्गको कदमाहा–गाईघाट सडकखण्डको करिब आठ कट्ठा जग्गा बिक्री भएको खुलेको छ। त्रियुगा नगरपालिका–३ मोतीगडास्थित राजमार्गले ओगटेको सात कट्ठा १९ घुर जग्गा बिक्री भएको हो।

उदयपुर जिल्ला सदरमुकाम गाईघाटबाट दुई किलोमिटर पर रहेको यो जग्गा जेठ १६ गते स्थानीय शिवप्रसाद दाहालले ललितपुर खोकना–३ का नेपाल डंगोललाई १ करोड २७ लाख २० हजारमा रजिस्ट्रेसन पास गरेको खुलेको छ। सडक डिभिजन कार्यालय लहानले २०६२ सालमै नापी र मालपोतलाई लगतकट्टा गर्न भने पनि मालपोत कार्यालयले हालसम्म नगर्दा राजमार्ग नै बेचिन पुगेको जनाइएको छ।

सडक डिभिजन प्रमुख रामकुमार देवले सडक बिक्री हुनै नसक्ने दाबी गरे। ‘सडक डिभिजनले २०६२ सालमै जग्गा प्राप्त गरिसकेको छ, सबै लेखापढीसमेत भएको भन्ने बुझेको छु’, डिभिजन प्रमुख देवले भने, ‘१३ वर्षअघि नै नापी र मालपोतलाई लगतकट्टा गर्न भनेका थियौं अहिले किन व्यक्तिका नाममा पास भयो ? मलाई थाहा भएन।’

मालपोत प्रमुख नवराज खड्काले भने मोठमा लगत रोक्का भनेर नजनाउँदा सडक नै एक व्यक्तिबाट अर्को व्यक्तिमा गएको हुन सक्ने बताए। आफू कार्यालयको काममा काठमाडौं गएका बेला जग्गा बिक्री भएकाले छानबिन गरिरहेको उनको भनाइ छ।

‘सर्सिम कित्ता नम्बर भएको जग्गा रहेछ’, उनले भने, ‘बेच्ने र किन्ने दुवै पक्ष आवश्यक प्रमाण र नगरपालिकाको वडाको सिफारिससहित आएपछि जग्गा पास गरिएको रहेछ।’

छानबिनका क्रममा जग्गाको कारोबार भइसकेपछि मात्र बिक्री भएको जग्गा राजमार्गको हो भनेर थाहा भएको उनले सुनाए। यसबारे थाहा पाउनेबित्तिकै मोठ रोक्का राखिएको उनको भनाइ छ। जग्गा पास गर्दा रजिस्ट्रेसन दस्तुरबापत ५ लाख ८ हजार ८ सय र लाभकर २ लाख ९२ हजार ९ सय ५८ रुपैयाँ राजस्वसमेत जम्मा भएको मातपोत कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले सडकको जग्गा बिक्री भएको भन्ने जानकारीमा आएकाले यसबारे अध्ययनपछि मात्र भन्न सकिने बताए।

नापी कार्यालयले २०६२।१०।९ गते र २०६३।३।५ मा जग्गाको लागत मालपोत कार्यालय पठाएर लगतकट्टा गर्न भनेको जनाइएको छ। सरकारले २०४६ माघ २३ गते सूचना जारी गरी सडकका नाममा जग्गा प्राप्त गर्ने प्रक्रिया थालेको थियो। २०६० सालमा भूसंरक्षण तथा व्यवस्थापन विभागको निर्णयका आधारमा दायाँ–बायाँ २५÷२५ मिटर लगतकट्टा गरिएको हो।

सडक बिक्री भएको आफूलाई थाहा नभएको खरिदकर्ता डंगोलले बताए। उनले मालपोत, नापी र वडा कार्यालयको सिफारिसअनुसार आफूले जग्गा खरिद गरेको बताए। यद्यपि, जग्गा किनबेच नभई निःशुल्क डंगोलका नाममा पास गरेको जनाइएको छ। जग्गा बैंकमा राखी रकम निकाल्न खरिद गरेको हुन सक्ने स्थानीयको अनुमान छ। बिक्रीकर्ता शिवप्रसादका नाति विरेश दाहालले भने यो जग्गा सडकमा पर्छ भनेर आफूलाई थाहा नभएको बताए। २०३८ सालदेखि भोगचलन गर्दै आएको जग्गा बेचिसकेपछि मात्र सडकमा पर्छ भनेर थाहा पाएको उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.