संसदमा मन्त्रालयगत बजेटमाथि छलफल सुरु
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा आइतबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको छ।आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि मन्त्रालयगत रुपमा छुट्याइएको बजेटमाथि छलफल सुरु भएको हो।
आइतबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ।
शनिबारबाहेक हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मन्त्रालयगत शीर्षकमा छलफल हुने छ।छलफल असार १ गतेसम्म चल्नेछ।