सुस्मा बनिन् पहिलो मिस एसईई

सुस्मा बनिन् पहिलो मिस एसईई

भक्तपुर : भक्तपुरको सूर्यविनायककी सुस्मा तामाङ पहिलो मिस एसईई भएकी छन्। गुडविल एजुकेसन फाउन्डेसनले गरेको मिस एसईई सुपर ट्यालेन्टको शनिबार भएको ग्राण्ड फिनालेमा १० प्रतियोगीलाई पछि पार्दै सुस्मा मिस एसईईको ताज पहिरिन सफल भएकी हुन्।

भविष्यमा डाक्टर बन्ने लक्ष्य लिएकी सुस्माले ताजसँगै एकलाख नगद पुरस्कार हात पारेकी छन्। त्यस्तै टेक्सास इन्टरनेसनल कलेजबाट पूर्ण छात्रवृत्ति, विभिन्न गिफ्ट ह्याम्परसमेत पाउन उनी सफल भएकी छन्। मिस एसईई घोषित हुनुअघि उनले व्यक्तिगत स्पर्धातर्फ वेस्ट पर्सनालिटीको रिबन पाएकी थिइन्।

वेस्ट क्याट वल्कको रिबन जितेकी प्रतिमा श्रेष्ठ फस्ट रनर अफ र वेस्ट हेयर जितेकी सरिना कुँवर सेकेन्ड रनर अपमा सीमित भए। फस्ट रनर अप र सेकेन्ड रनर उप हुनेले क्रमशः नगद पन्ध्र हजार र दस हजारसँगै टेक्सास कलेजको पूर्ण छात्रवृत्ति, विभिन्न गिफ्ट ह्याम्पर जितेका छन्।

प्रतियोगिताको फिनालेमा पुग्ने एघारैजनाले एकएक वटा उपाधि पाएका छन्। जसमध्ये अस्मी श्रेष्ठले व्यक्तिगत दुइटा उपाधि जितिन्। उनले मस्त पपुलारिटी र वेस्ट भ्वाइस मोडेलेसनको रिब जितेकी हुन्।

त्यस्तै वेष्ट ट्यालेन्टको रिबन अंकिता रिजालले पाउँदा वेस्ट कन्फिडेन्टको रिबन मनिषा कार्कीले जितिन्। त्यस्तै अमिषा पराजुलीले वेस्ट स्माइल, पुष्पा क्षेत्रीले वेस्ट स्टाइलिस, रेबिका बखुन्छेले बेस्ट डिसिप्लेनको रिबन पहिरिए।

यसैगरी वेस्ट फोटोजेनिक लबस्रिना वासु बन्दा वेस्ट फ्रेण्डसिपको रिबन रागीश्री श्रेष्ठले जितिन्।प्रतियोगितामा २३ जना प्र्रतियोगीहरुबाट छानिएर ग्राण्ड फिनालेमा ११ जना पुग्न सफल भएका थिए। एघारजनाबीच ट्यालेन्ट, इन्ट्रोडक्सन, क्याजुअल र प्रश्नउत्तर गरी चार राउण्डमा प्रतिस्पर्धा गराइएको थियो।

अशोक कमर्सियल एण्ड आवास कम्पनीको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगिताका प्रतियोगीहरुको लागि भक्तपुरको सूर्यविनायकस्थित राफेल इन्स्टिच्युट अफ फेसन एण्ड आर्ट रिफाले ड्रस डिजाइन गरेको थियो।

द्वारिका अधिकारीको कोरियोग्राफी रहेको थियो भने मेकअप क्रियटिभ व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरका शान्ति श्रेष्ठ र मनिता सुनुवारले गरेका थिए। निर्णायकहरुमा सामाजिक अभियन्ता रविन कटवाल, कलाकार शिशिर भण्डारी, फेसन डिजाइनर एलेक्स बासुकला र मिस भक्तपुर २०७४ की विजेता एलिना खड्का रहेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.