कैलालीमा मोटरसाइकल चोर्ने गिरोह पक्राउ

कैलालीमा मोटरसाइकल चोर्ने गिरोह पक्राउ

धनगढी : लामो समयदेखि कैलालीमा मोटरसाइकल चोर्ने गिरोह प्रहरीको फन्दामा परेको छ। प्रदेशको राजधानी धनगढीको मुख्य बजार आसपासबाटै घरमा राखिएका मोटरसाइकल चोर्ने गिरोहका ६ जना आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ। प्रहरीले उनीहरुले चोरी गरेर सस्तोमा बिक्री गरेका ८ थान मोटरसाइकल पनि बरामद गरेको छ।

प्रहरीले कैलालीको कैलारी गाउँपालीका दुधीया भन्ने ठाउँका १८ वर्षीय सञ्जु चौधरी, धनगढी उपमहानगरपालिका ६ मटियारीका २१ वर्षीय प्रकाश राना, सोही ठाउँका गोरे भनिने १८ वर्षीय  रामभजन राना, मटियारीकै २० वर्षीय सुरज राना, चोरीको मोटरसाइकल किन्ने कञ्चनपुरको बेदकोट नगरपालिका ५ का २८ वर्षीय पदम धानुक र कैलालीको घोडाघोडी नगरपालिका ९ का किसन चौधरीलाई आइतबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले यसै जेठ २१ गते धनगढीको हसनपुरका नबोदित केसीको से ६ प ४३८८ नम्बरको पल्सर मोटरसाइकल चोरी भएपछि गरिएको अनुसन्धानमा गिरोह नै पक्राउ गर्न सफल भएको बताए।

सार्वजनिक गरिएका सबै युवाहरु २१ वर्ष नकटेका युवा छन्। उनीहरुले आफूहरुले मोटरसाइकल चोरेर बिक्री गर्ने र त्यसपछि वियरपार्टी गर्ने गरेको बताएका छन्।उनीहरुको बयानका आधारमा प्रहरीले तीन दिनको अवधीमा आठवटा चोरिएका मोटरसाइकल बरामद गरिसकेको जनाएको छ। विभिन्न स्थानमा बिक्री भएका आधारमा उनीहरुलाई लैजादै मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ। 

प्रहरी उपरीक्षक घिमिरेले ढाइ लाख पर्ने पल्सर मोटरसाइकल २५ हजारदेखि ४० हजारसम्ममा बिक्री भएको फेला परेको बताए। उनले सस्तोमा पाउने मोटरसाइकल, चोरीको हो भनेर थाहा पाउँदा पाउँदै किन्नेलाई पनि कारवाहीको दायरामा ल्याउने बताए।

 प्रहरीले सार्वजनिक गरेका मध्ये, कञ्चनपुरको बेदकोट नगरपालिकाका पदम धानुक सञ्जु चौधरीले बिक्री गरेको पल्सर मोटरसाइकल किन्ने व्यक्ति हुन। उनीमाथि पनि प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ।

प्रहरीले पक्राउ परेका युवाहरुले मोटरसाइकल चोरेर बिक्री गरेको रकम आपसमा बाँडने र दैनिक क्याफेमा गएर वियरपार्टी गर्ने गरेको बयान दिएको जनाएको छ। आर्थिक वर्ष २०७४/७५ को जेठ २७ गतेसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा ३८ वटा मोटरसाइकल चोरीका निवेदन परेका छन्। धनगढीको मुख्य बजारदेखि दुई/तीन किलोमिटरको परिधिमा मात्रै यी मोटरसाइकल चोरी भएका हुन्।

चोरीका संलग्न युवाहरुले एक/दुई दिन दिउँसो गएर रेकी गर्ने र राती १० बजेदेखि २ बजेको बीचमा चोरी गर्ने गरेको बयान प्रहरीलाई दिएका छन्। उनीहरुले सबैभन्दा बढी १५० सीसीभन्दा बढी क्षमताका पल्सर मोटरसाइकल चोरेका छन्। उनीहरुले चोरेर बिक्री गरेका स्थानमा रेड हान्दै प्रहरीले ८ वटा मोटरसाइकल बरामद गरिसकेको छ। 

प्रहरीले फेला पारेका मोटरसाइकलमध्ये धनगढीको उत्तरबेहडीका लक्ष्मीप्रसाद खनालका से ४ प ६८३७ नम्बरको पल्सर र घोडाघोडी नगरपालिका १०का विरेन्द्र शाहको से ५ प ६६५ नम्बरको मोटरसाइकल पहिचान भइसकेको समेत जनाएको छ। दुबैजनाले पेश गरेको ब्लुबुकको प्रमाण अनुसार दुबैको मोटरसाइकल फेला परेको प्रहरीले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.