हिरा जडित मोटरसाइकल
संसारमा जहाँ मोटरसाइकलको उत्पादन बढ्दै जान्छ, त्यहाँ मोटरसाइकललाई फरक रूपमा प्रस्तुत गर्ने प्रतिस्पर्धा हुन्छ । हार्ली डेविड्सन नामक कम्पनीले कस्टमाइज मोटरसाइकलमा निकै रुचि देखाउने गरेको छ ।
यसपालि हार्ली डेविडसनले अहिलेसम्मकै महँगो आकर्षक मोटरसाइकललाई प्रस्तुत गरेको छ । यसको ब्लुएडिसनका लागि स्विस वाच एन्ड ज्वेलरी कम्पनी बुकेरसँग बुन्डनर बाइकले सहकार्य गरेका छन् ।
यो बाइकलाई बनाउन दुवै कम्पनीका आठ कामदार, स्विस कर्मचारी, जर्मन मोटरसाइकल डिजाइनर्सले मिलेर २५ सय घण्टासम्म काम गरेका थिए । रोयल डिजाइनको यो बाइकको मूल्य पनि अत्यधिक महँगो छ । हार्ली डेविडसनको ब्लु एडिसन भर्खरै स्विट्जरल्यान्डको ज्युरिखमा सार्वजनिक गरिएको छ । यसको मूल्य १२.२ करोड भारतीय रुपैयाँ छ ।
हार्ली डेविडसनको ब्लुएडिसन सफ्टेल स्लिम एसमा आधारित छ भने यसको बडीवर्क कस्टम रेट्रो स्टाइल्ड छ । कम्पनीका अनुसार यो मोटरसाइकलका हरेक बडी पार्टको वेल्डिङ, बिटिङ, आकार दिने तथा पोलिस गर्ने काम हातबाट गरिएको छ । यसको ह्विल रिम्स पनि कस्टम मेड रहेको कम्पनीले जानकारी दिएको छ । लिवर, रिसर्वायर क्याप, हेडलाइट कभर र फुट कन्ट्रोल जस्ता पार्ट पनि गोल्ड (सुन)बाट पोलिस गरिएको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !