प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.२३ अंकले बढ्यो
काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक एकल अंकल बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ५.२३ अंकले बढेर २६५८.६३ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ४८ वटा स्क्रिप्सको १७ हजार ६० कित्ता सेयर ८९ लाख ४ हजार १५८ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घट्यो। बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !