सेयर बजार राताम्मे, नेप्से परिसूचक २६ अंकले घट्यो
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेको छ।
यसदिन ३५६ वटा स्क्रिप्सको ७५ लाख ४० हजार ४१८ वटा कित्ता सेयर ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा २३९ वटाको घट्यो। ४ वटा स्टक्सको मूल्य स्थिर रह्यो।
यसदिन स्नो रिभर्स र सानिगाढ हाइड्रो पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कालिंगा हाइड्रोपावरको सेयर १४.९८ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको ११.५५ प्रतिशतले बढ्यो। थ्री स्टार हाइड्रोपावरकको सेयर १३.७९ प्रतिशतले घट्दा नेपाल फाइनान्सको ११.६४ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा ८.५ प्रतिशत नेपाल इन्भेस्टमेन्ट बैंक डिबेन्चर २०८४ शीर्षस्थानमा रह्यो। सो बैंकले ५३ करोड ९४ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो।
सेन्ट्रल फाइनान्सले १५ करोड मूल्य बराबरको कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १२ करोड,आँखु खोला जलविद्युतको ९ करोड मूल्य बराबरको करोबार भयो।
कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा २९३ वटाको घट्यो। चारवटा स्टक्सको मूल्य स्थिर रह्यो। यसदिन सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ३.१५ प्रतिशतले घट्यो।
प्रतिक्रिया दिनुहोस !