मर्यादा विपरित काम गर्ने दर्जन प्रहरी कारवाहीमा : एकको जागिर गयो

मर्यादा विपरित काम गर्ने दर्जन प्रहरी कारवाहीमा : एकको जागिर गयो

ओखलढुंगाः ओेखलढुंगामा कार्यरत दुई दर्जन बढी प्रहरी कारबाहीमा परेका छन्। प्रहरी संगठनको मर्यादा र जिम्मेवारी विपरित काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनीहरुविरुद्ध आन्तरिक कारवाही थालेको छ।

  
नागरिकको सेवामा खटिएका समयमा संगठनलाई बदनाम बनाउने गरी मादक पदार्थ सेवन गर्ने, रकम असुल्ने जस्ता काम गरेको अभियोगमा प्रहरीमाथि अनुशासनको कारवाही गरिएकाे हाेे । संगठन सुधार अभियान अन्तर्गत २४ जनाभन्दा बढी प्रहरी कर्मचारी कारवाहीमा परेका हुन् । उनीहरुलाई विभागीय कारवाही गर्न सिफारिस गरिएको प्रहरीले जनाएको छ। 

कारवाहीमा पर्नेमा प्रहरी जवानदेखि माथिल्लो दर्जाका समेत रहेका छन्। आन्तरिक कारवाही भएकाले प्रकृया चलिरहेको अवस्थामा उनीहरुको नाम र पद सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय अाेखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। 

यस्तै पटक–पटक आन्तरिक कारवाही गर्दा पनि नसुध्रिएको भन्दै एक प्रहरी जवानलाई जागिरबाट हटाउन सिफारिस गरिएको छ। प्रहरी जवान फिदा हुसैनलाई जागिरबाट हटाउन प्रहरी प्रधान कार्यालयमा सिफारिस गरिएको हो।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.