शंखमुलमा सरकारी गाडीमा आगजनी : नेविसंघले गरेको आशंका
काठमाडौं : आइतबार दिउँसो शंखमुलमा अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेको छ। राजश्व तालिम केन्द्रको बा १ झ ८८१८ नम्बरको गाडीमा आइतबार दिउँसो आगजनी भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज खनालले जानकारी दिए।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलनरत नेपाल विद्यार्थी संघका कार्यकर्ताले सरकारी गाडीमा आगजनी गरेको आशंका प्रहरीले गरेको छ। यद्यपी अहिलेसम्म कसले आगजनी गरेको हो भन्ने विषय पुष्टि हुन सकेको छैन।
प्रहरीले आइतबार साँझसम्म आगजनी गरेको आरोपमा कसैलाई पक्राउ भने गरेको छैन।