यो बिरालोले गर्दैछ भविष्यवाणी, कुन देशले जित्छ विश्वकप ?

यो बिरालोले गर्दैछ भविष्यवाणी, कुन देशले जित्छ विश्वकप ?

मस्को: विश्व कप २०१० भविष्यवाणी गरेर एउटा अक्टोपसले विश्वभर तहल्का मच्चाएको थियो । अक्टोपस पलले गरेका भविष्यवाणी अधिकांश मिलेको पनि थियो । 

त्यस्तै यस पटकको रसिया विश्वकपमा पनि एक कान नसुन्ने सेतो बिरालो एचिलेसले अक्टोपस जस्तै काम गर्ने भएको छ। फिफा विश्वकप १४ जुनदेखि रसियामा सुरू हुँदैछ । 

अक्टोपस पलले सन् २०१० मा खानाले भरिएका दुर्इ बट्टामध्ये एउटालार्इ छानेर विश्व कप विजेताको अनुमान लगाएको थियो । एचिलेससामू भने यो पटक फुटबल टिमको झण्डा अंकित बल राखिने भएको छ । 

रोयटर्सका अनुसार रसियाकै सेन्ट पिटर्सबर्गस्थित हर्मिटेज म्युजियममा बिरालोको स्याहार गरिरहेकी अन्ना कोन्ड्राटियेभाले भनिन्न, 'हामीले एचिलेसलार्इ छानेका छौँ, किन भने यो धेरै सुन्रदर छे भने उसका निला आँखा छन् । यो कान पनि सुन्न सक्दिन, तर उसको अनुमान धेरै सटिक र मिल्दोजुल्दो हुन्छ । 

कोन्ड्राटियेभाका अनुसार अघिल्लो साल साल एचिलेसले आफ्नो गृहनगरमा खेलिएको कन्फेडरेशन कपका खेलका नतिजाको भविष्यवाणी गरेकी थिइ । त्यो बेला उसले गरेका कुनै पनि भविष्यवाणी गलत नभएको कोन्ड्राटियेभाले बताइन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.