विद्यालय नखुलेपछि ३३ लाख फिर्ता

विद्यालय नखुलेपछि ३३ लाख फिर्ता

दुनै : विद्यार्थीजति यार्सागुम्बा संकलनमा गएपछि सरकारले दिने अनुदानको ३३ लाख रुपैयाँ बराबरको रकम फिर्ता जाने भएको छ। यार्सागुम्बा संकलनका बेला बन्द रहेका विद्यालयहरूले शिक्षाबाट जाने अनुदान नपाउने भएका हुन्। एक महिनामा प्रतिविद्यार्थी करिब २० दिनको दिवा खाजास्वरूप अनुदान दिने व्यवस्था रहेको थियो। सो अवधिसम्म विद्यालयमा विद्यार्थी नआएपछि तथा विद्यालय नखुलेपछि शिक्षा विकास तथा समन्वय इकाइले उक्त २० दिनको दिवाखाजामार्फत आउने अनुदानको रकम सरकारलाई फिर्ता गएको बताएको छ।

जिल्लाका करिब ८५ प्रतिशत विद्यालय अझै पनि खुलेका छैनन। जिल्लाभरका १ सय १२ वटा विद्यालय मध्य हाल सम्म जम्मा १८ वटा विद्यालय मात्र खुलेको शिक्षा बिकास तथा समन्वय ईकाइ डोल्पाले जानकारी दिएको छ।

यार्सागुम्बा संकलनका लागि जेष्टको एक गतेबाट बन्द गरिएका विद्यालयहरू महिना दिन बित्न लाग्दा पनि नखोलेको शिक्षा बिकास तथा समन्वय ईकाइ डोल्पामा प्रमुख सिंहराज डांगिले जानाकारी दिए। उनले भने ८ वटा स्थानीयतह रहेको यस जिल्लामा जेष्ट २० गतेबाट जगदुल्ला गाउपालिकाका १४ वटै विद्यालयमा पढाइ सुचारु भयो भने अन्य ठाउका कुनै पनि विद्यालय खुलेका छैनन।

शे–फोक्सुण्डो गाउपालिकाको तापिरिचा माध्यामिक विद्यालय साइजल,त्रिपूरासुन्दरी नगरपालिकाको देउराली आधारभुत विद्यालय भोरगाउ,काञ्जीरुवा आधारभुत विद्यालय दापु र ठुलीभेरि नगरपालिकाको हिमजोती आधारभुत विद्यालय सार्किटोल गरि ४ वटा विद्यालयले यार्सागुम्बाको समयमा पनि विद्यालय सञ्चालन गरेको शिक्षा बिकास तथा समन्वय ईकाइले जानकारी दिएको छ।

        यार्सागुम्बाको अबधिभर विद्यालय खोल्ने चार विद्यालयले बाहेक अरुले दिवाखाजाको अनुदान रकम पाउने छैनन। डागिले भने जगदुल्लाका १४ वटा विद्यालय सबै २० गतेबाट खुलेपनि ति विद्यालयले पनि नपाउने बताए। उनका अनुसार जम्मा महिनाभर गरि २० दिनको मात्र दिवाखाजाको अनुदान रकम पाउने हो बिस दिन सम्म बन्द भएपछि खाजाको अनुदान पाउने छैनन।

डोल्पाका सबै विद्यालय बन्द हुन्छनन नै छिमेकी जिल्ला रुकुम,जाजारकोट,जुम्ला जिल्ला लगायतका विद्यालय समेत यार्सा सिजनमा बन्द हुने गर्दछन। विद्यालय बन्द गर्न नचाहदा पनि बाध्यता जस्तै भएकोले केहि दिनलाइ बन्द नै गर्नु परेको जगदुल्ला गाउपालिकाका अध्यक्ष नारासिंह रोकायाले बताए। उनले भने यस बर्ष बिस दिन बन्द गरियो सके सम्म अर्को बर्षबाट विद्यालय बन्द हुदैनन शिक्षाबाट वालवालिकाहरूलाइ शिक्षा लिन बञ्चित गराइदैन।

हिउदको समयमा पुस र माघ महिनामा हिउदे बिदा,फागुन भर्ना अभियान,जेष्टमा यार्सागुम्बाले बन्द र बिचका अन्य महिनामा बिभिन्न चार्डपर्बका तथा सार्वजानिक बिदाले करिव ५ महिना पनि निरन्तर पढाइ नहुने नागरिक समाजका अगुवा योगेन्द्र बुढाले दावी गरे। उलने भने यसरि कसरि एक हजार घण्टा विद्यालयमा बालवालिकाले अध्ययन गरे त त्यसैले खस्किदो छ डोल्पाको शिक्षा।

पाठ्यक्रम नै नभ्याइने र भने अनुसार बिद्यार्थिले शिक्षा नपाउने शिक्षाबिधहरूको दावी रहेको छ। अत्याधिक बिद्याहरू पर्ने र विद्यालय कम मात्र खुल्ने समस्याका कारण समयमा पाठ्यक्रम पुरा नहुने गरेको शिक्षा बिकास तथा समन्वय ईकाइले स्वीकार गरेको छ। कार्यालयका अनुसार सके जति नियमन गर्ने प्रयास भएको र अब विद्यालय निरन्तर खुल्ने जनाएको छ।

यार्सागुम्बा टिप्नका लागि बालवालिका नै पाटनमा पुगेपछि शिक्षकहरू कोही घाम तापेर बसेका छन भने कोही यार्साका ब्यापारि पनि बनेका छन। शिक्षक ब्यापार गर्दै र बिद्यार्थिहरू यार्सा टिप्दै पाटनमा रमाइ रहेकाछन तर विद्यालय खोल्नेमा सुरसार छैन। शिक्षा बिकास तथा समन्वय ईकाइले जेष्टको अन्तिम साता खोल्न भने पनि धेरै विद्यालयहरू असारको दोस्रो साता मात्रै खुल्ने गरेको स्थानीयहरू बताउछन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.