प्रेस काउन्सिलले निकाल्यो 'एयर बुक'

प्रेस काउन्सिलले निकाल्यो 'एयर बुक'

काठमाडौं : प्रेस काउन्सिल नेपालले ५५औं वार्षिकोत्सवको अवसरमा नेपाली सञ्चार जगतको समग्र वस्तुस्थिति समेट्ने गरी मिडिया एयर बुक प्रकाशन गरेको छ। यो प्रकाशन अंग्रेजी भाषामा छ।

नेपाली मिडियाको समग्र अवस्थाबारे अंग्रजी भाषामा आधिकारिक प्रकाशन नभएकाले काउन्सिलले यो पहल गरेको अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए। विशेषतः तीव्ररूपमा विकास भइरहेको मिडिया क्षेत्रमा हरेक वर्षका प्रमुख घट्ना, प्रवृति, नीति र कार्यक्रमहरूको विवेचना गर्दै यो वर्ष पुस्तक प्रकाशन भएको हो। नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रियरूपमा नै नेपाल र नेपालको मिडियाबारे चासो राख्नेहरूलाई यो पुस्तक उपयोगी हुनेछ।

'हाम्रा प्राय सबै प्रकाशन नेपाली भाषामा हुँदा बाहिरी जगतलाई मिडियाको अवस्था बुझाउन कठिन थियो। आधिकारिकरूपमा अंग्रेजीमा प्रकाशन नभएको सन्दर्भमा एयर बुकको अवधारणाले सिंगो प्रेस जगत बुझाउन सजिलो भएको छ,' यो प्रकाशनबारे अध्यक्ष बस्नेतले भने।

उक्त प्रकाशनको प्रारम्भिकरूपमा राष्टपति रामचन्द्र पौडेलले काउन्सिलको वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेका थिए। शनिबारदेखि भने यसलाई आम जनमानसमा ल्याइएको काउन्सिलले जनाएको छ। यो वर्षको एयर बुक संस्करणमा जम्मा १६ वटा लेखहरू प्रकाशित छ। जसमा नेपाली मिडिया क्षेत्रले भोगेका समस्यादेखि, अहिले प्रविधिले पत्रकारिता क्षेत्रमा ल्याएका चुनौती र अवसरहरू, मिथ्या सूचना, अभिव्यक्ति स्वतन्त्रता, टिकटकमाथि प्रतिबन्ध र खुलालगायत विषयमा लेखहरू प्रकाशित भएका छन्। 
 
पत्रकार कमलदेव भट्टराई सम्पादक रहेको यो वार्षिक प्रकाशनमा अस्वस्थमा भक्त खरेल, रामजी दाहाल, श्रीराम पौडेल, जीवेश झा, राजेन्द्र पौडेल, झविन्द्र भुसाल, टुमराज कोइराला, उमेश पोखरेल, कोषराज कोइराला, नारायणप्रसाद घिमिरे, बृजकुमार यादव, सविका श्रेष्ठ, सारा पहारी, जीवन भण्डारी, विमला तुम्खेवा, सृष्टि काफ्ले र रामकुमार कामतका मिडिया विश्लेषण समावेश छन्।

नेपालको मिडिया क्षेत्रको अवस्था, विकासक्रम र चुनौती बाह्य संसारलाई बुझाउन एवं यहाँको नौला अभ्यास आदनप्रदान गर्न यो प्रकाशन प्रभावकारी हुने अध्यक्ष बस्नेतले बताए। काउन्सिलले मिडिया क्षेत्रको विकास र सुधारका लागि अध्ययन, अनुसन्धान एवं प्रकाशनलाई प्राथमिकता दिएर काम गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.