नक्कली भुटानी शरणार्थी प्रकरण : दोषी ठहर भएकालाई आज सजाय सुनाइने

नक्कली भुटानी शरणार्थी प्रकरण : दोषी ठहर भएकालाई आज सजाय सुनाइने
सुन्नुहोस्

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्वमन्त्रीसहित १६ जनालाई आज सजाय सुनाइने भएको छ।

काठमाडौं जिल्ला अदालतले असार २३ गते उक्त मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारणका लागि आजको पेशी तोकेको हो।

३१ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा १६ जना दोषी ठहर भएका छन् भने सात जनाले सफाइ पाएका छन्। अन्य प्रतिवादीको हकमा अदालतले अभियोगअनुसार फरक–फरक फैसला गरेको छ।

दोषी ठहर हुनेमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टेननाथ रिजाल, केशव दुलाल, सानु भण्डारीलगायत रहेका छन्। 

उनीहरू संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी आरोपमा दोषी ठहर भएका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.