मणिपुरमा खेतमा काम गरिरहेका किसानको गोली हानी हत्या

मणिपुरमा खेतमा काम गरिरहेका किसानको गोली हानी हत्या
सुन्नुहोस्

भारत : भारतको काङपोकपी जिल्लामा संदिग्ध उग्रवादीहरूले एक ५३ वर्षीय आदिवासी किसानको गोली हानी हत्या गरेका छन् । यो हमला शनिबार दिउँसो भएको हो । किसान आफ्नी श्रीमतीसँग धान खेतमा काम गरिरहेका बेला उनलाई निशाना बनाइएको थियो । काङपोकपी प्रहरीले मृतकको पहिचान गोवाजाङ गाउँका हाओलाल सिङसिटका रूपमा गरेको छ ।

घटनाबारे एक प्रहरी अधिकारीले भने, ‘शनिबार हाओलाल आफ्नो खेतमा काम गरिरहेका बेला हतियारधारी आक्रमणकारीहरूले उनीमाथि गोली चलाए। धेरै गोली लागेका कारण उनको घटनास्थलमै मृत्यु भयो । आक्रमणका बेला उनकी श्रीमती पनि त्यहीँ थिइन्, तर उनी सुरक्षित स्थानतर्फ भाग्न सफल भइन् ।’

प्रहरीले घटनाबारे मुद्दा दर्ता गरी आसपासका क्षेत्रमा आक्रमणकारीको खोजी अभियान चलाइरहेको छ । काङपोकपी जिल्लाको ट्विलाङ क्षेत्रस्थित गोवाजाङ कुकी समुदायको अन्तिम गाउँ हो, जहाँ अहिले डर र त्रासको वातावरण छ । यसैबीच शनिबार दिउँसो करिब २ बजे मैतेई समुदायका केही घरमा आगजनी गरिएको छ, जसपछि क्षेत्रमा तनाव थप बढेको छ ।

यस घटनाबारे प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा बयान जारी गर्दै काङपोकपी जिल्लाको कान्टो सबल गाउँ (जुन मैतेई समुदायको गाउँ हो) मा भएको हिंसा र खाली घरहरूमा आगो लगाउने प्रयासको घटनामा कारबाही गरिएको जनाएको छ ।

मणिपुर प्रहरी, सीआरपीएफ, आरएएफ र सेनाको संयुक्त टोलीले लिमाखोङ एरिया प्रोटेक्सन कमिटीका अध्यक्ष तथा हेङजाङ गाउँका मुखिया कम्मङ ल्होवम (६५ वर्ष) र खुनखो कुकी गाउँका पैगिन हाङसिङ (३० वर्ष) लाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई पक्राउ गर्ने प्रयास जारी रहेको जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.