सडक महोत्सवस्थल नजिकै गोली हानाहान : दुईको मृत्यु, चार जना घाइते

सडक महोत्सवस्थल नजिकै गोली हानाहान : दुईको मृत्यु, चार जना घाइते
सुन्नुहोस्

क्यानडा : क्यानडाको टोरन्टोमा शनिबार साँझ आयोजित ‘साल्सा अन सेन्ट क्लेयर’ सडक महोत्सव नजिक भएको गोलीकाण्डमा दुई पुरुषको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

टोरन्टो प्रहरीका उपप्रमुख फ्र्याङ्क बरेडोका अनुसार प्रारम्भमा सक्रिय बन्दुकधारी (एक्टिभ सुटर) रहेको आशंका गरिए पनि अनुसन्धानपछि दुई व्यक्तिबीच एकअर्कालाई लक्षित गर्दै गोली हानाहान भएको पुष्टि भएको छ । प्रहरीका अनुसार राति ८ः१२ बजे सेन्ट क्लेयर एभिन्यू वेस्ट र आर्लिङ्टन एभिन्यू क्षेत्रबाट गोली चलेको सूचना प्राप्त भएको थियो । घटनास्थलबाट दुई वटा बन्दुक बरामद गरिएको छ ।

अहिलेसम्म कुनै पनि संदिग्ध पक्राउ परेका छैनन् । मृतक दुवै पुरुष रहेको प्रहरीले जनाएको छ । सुरुमा प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो । पछि घटनास्थल सुरक्षित रहेको घोषणा गरियो । उपप्रमुख बरेडोले भने, ‘सक्रिय बन्दुकधारी रहेको चिन्ता थियो, तर त्यो सत्य साबित भएन । तर गोली चलाउने दुई व्यक्तिले अन्धाधुन्ध रूपमा धेरै मानिसको ज्यान जोखिममा पारे ।’

टोरन्टोकी मेयर ओलिभिया चाउले परिवारसहित सहभागी भएका मानिसहरूको बीचमा भएको यस्तो हिंसात्मक घटनाप्रति आफू अत्यन्त दुःखी र आक्रोशित भएको बताइन् । प्रत्यक्षदर्शी भ्यालेरी रोड्रिगेजले आफू नजिकैको रेस्टुरेन्ट बाहिर बसिरहेको बेला अचानक मानिसहरू चिच्याउँदै भाग्न थालेको र केहीले भुइँमा सुत्न आग्रह गरेको बताइन् ।

महोत्सवमा व्यापार गरिरहेकी प्याट्सी गुटिएरेजले पनि ग्राहकलाई सेवा दिइरहेका बेला ठूलो भीड भाग्दै आएको देखेपछि सेवा रोक्नु परेको बताइन् । उनले यस्ता पारिवारिक कार्यक्रममा यस्तो घटना हुनु दुःखद भएको प्रतिक्रिया दिइन् । घटनापछि पनि महोत्सव क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । यो महोत्सव ल्याटिन अमेरिकी संस्कृति, संगीत, नृत्य, खानपान र सांस्कृतिक प्रस्तुतिको वार्षिक उत्सव हो, जहाँ हरेक वर्ष हजारौँ मानिस सहभागी हुने गर्छन् ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति आफू स्तब्ध भएको भन्दै दोषीलाई पक्राउ गर्न प्रहरीले गरिरहेको प्रयासमा पूर्ण समर्थन रहेको बताए । उनले मृतकका परिवार, गम्भीर घाइते तथा घटनाबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गरे । त्यस्तै, ओन्टारियोका प्रिमियर डग फोर्डले पनि यो निरर्थक हिंसाबाट दुई जनाले ज्यान गुमाएको र अन्य घाइते भएको घटनाले आफू अत्यन्त मर्माहत भएको बताए ।

करिब ३० लाख जनसंख्या भएको टोरन्टो उत्तर अमेरिकाका सबैभन्दा सुरक्षित ठूला सहरमध्ये एक मानिन्छ । सार्वजनिक स्थानमा धेरै व्यक्तिलाई असर पर्ने गरी हुने घातक गोलीकाण्ड त्यहाँ निकै दुर्लभ मानिन्छ । उपप्रमुख बरेडोले भने, ‘टोरन्टो विश्वकै सुरक्षित सहरमध्ये एक हो, तर हामी कुनै पनि प्रकारको हिंसाबाट पूर्ण रूपमा अछुतो भने छैनौं ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.