भियतनाममा डुंगा पल्टिँदा १५ भारतीय नागरिकको मृत्यु
भियतनाममा भारतीय पर्यटक बोकेको स्पीडबोट पल्टिँदा १५ जनाको मृत्यु भएको छ। भियतनामस्थित भारतीय दूतावासले घटनाको पुष्टि गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार दुर्घटनामा तमिलनाडुका १०, केरलाका २ र आन्ध्र प्रदेशका ३ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार जुलाई ११ मा भियतनामको फु क्वोक टापु नजिकै ३२ पर्यटक र केही चालक दलका सदस्यहरू बोकेको स्पीडबोट पल्टिएको थियो।
स्थानीय पत्रिका 'डुओई ट्रे' का अनुसार २३ जनालाई सुरक्षित रूपमा किनारमा ल्याइएको थियो र उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !