बेल्जियमलाई पराजित गर्दै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई पराजित गर्दै स्पेन १६ वर्षपछि  विश्वकपको सेमिफाइनलमा
सुन्नुहोस्

काठमाडौं : फिफा विश्वकप २०२६ को दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ। लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनले बेल्जियमलाई २-१ले पराजित गरेको हो।

खेलको ३०औं मिनेटमा स्पेनले बेल्जियम विरुद्ध अग्रता बनाएको थियो। ३० औं मिनेटमा डानी अल्मोको पहिलो प्रहार गोलकिपरले पन्च गरे तर रिबाउन्ड भएको बलमा फाबियन रुइजले गोल गरेका हुन्। 

खेलको ४१औं मिनेटमा बेल्जियमले स्पेनविरुद्ध बराबरी गोल फर्कायो। बेल्जियमको लागि चार्ल्स डी केटेलेरेले हेडर मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। 

खेलको पहिलो हाफ एकएक बराबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुवाती समयदेखि नै स्पेनले दबाब बनाएको थियो। खेलको ८८ औं मिनेटमा स्पेनले बेल्जियम विरुद्ध दोस्रो गोल गर्यो। स्पेनको लागि मिकेल मेरिनोले गोल गरेका हुन्। यो गोल नै निर्णायक बन्यो।

सन् २०१० को विश्वकप विजेता स्पेन त्यसयता सेमीफाइनल मा स्थान बनाउन सकेको थिएन । सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेनले सन् २०१८ र २०२२ मा अन्तिम १६ सम्म स्थान बनाएको थियो। 

स्पेनसँग पराजित हुँदै बेल्जियमको यात्रा भने क्वाटर फाइनलबाटै सकिएको छ। सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको बेल्जियमले सन् २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो। सन् २०२२ मा भने बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो। 

स्पेनले सेमीफाइनलमा फ्रान्ससँग खेल्नेछ। यो खेल जुलाई १४ मा डालस स्टेडियम हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.