काठमाडौं : एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि १०५ रनको फराकिलो जित दर्ता गरेको छ । मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० बनाएको थियो ।
नेपालले दिएको १३१ रनको विजयी लक्ष्य पछाएको कतार १२ ओभरमा २५ रन बनाउँदै अलाउट भयो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कतारको लागि सरगम पटेलले सर्वाधिक ४ रन बनाइन् । नेपालका लागि बलिङतर्फ रचना चौधरी र रिया शर्माले ३÷३ विकेट लिए । मनिषा उपाध्यायले २ र अनु कडायतले १ विकेट लिए ।
नेपालका लागि ओपनर ब्याटर सावित्री धामीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेलिन् । अर्की ओपनर साना प्रविणले २७ रन बनाइन् । अन्जिला पाठक २३ र तिर्शना विश्वकर्मा ५ रनमा अविजित रहे । कतारका लागि बलिङतर्फ लिहारा अवेशकाराले २ र फातिमा मुकादमले १ विकेट लिए । नेपालले दोस्रो खेल आइतबार सिङ्गापुरसँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस !