कात्तिकभित्र रेल गुडाउने गरी काम

कात्तिकभित्र रेल गुडाउने गरी काम

विराटनगर : भारतको बथनाहाबाट मोरङको कटहरीसम्म रेलवे निर्माणले गति लिएको छ। १८.६ मध्ये ८ किलोमिटरमा रेलवे निर्माण धमाधम भइरहेको हो।

आगामी कात्तिकभित्र विराटनगर महानगरपालिका–१६ लावाघाटसम्म रेल ल्याइपु¥याउने योजनासहित काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारतले भौतिक पूर्वाधारलगायत काम गर्ने सम्झौतापछि सन् २०१५ मा रेलवे निर्माण सुरु गरिएको थियो। रेलवे निर्माणको जिम्मा लिएको भारतको इरकोन इन्टरनेसनलका सहायक म्यानेजर रणवीर कुमारका अनुसार बथनाहाबाट विराटनगर लावाघाटसम्म ट्र्याक जोड्ने काम भइरहेको छ। ‘बथनाहाबाट यता आठ किलोमिटर क्षेत्रमा रेलवे लिक बिच्छ्याउने काम भइरहेको छ’, उनले भने, ‘३.३ किलोमिटरमा लिक बिच्छ्याउने काम सम्पन्न भइसक्यो।’

बथनाहाबाट कटहरीसम्म बथनाहा–भेडियारी–बधनगर–कटहरी गरेर चार स्टेसन तय गरिएका छन्। निर्माण कम्पनी, भारतीय रेलवे विभागका पदाधिकारी र नेपाली रेल विभागका अधिकारीले आइतबार लावाघाटसम्मको अनुगमन गरेका छन्। नेपालतर्फ बुधनगरबाट कटहरीसम्म १३.१ किलोमिटर रेलवे पर्छ।

नेपालतर्फको मुआब्जा विवाद भने सुल्झिएको छैन। जग्गा विवाद नसुल्झिए १६ किलोमिटर मात्र रेलवे निर्माण हुनेछ। सरकारले अधिग्रहण गरेको १ सय १९ बिघा जग्गाका ५ सय ६५ धनीमध्ये २६ जनाले मुआब्जा लिन मानेका छैनन्। तीमध्ये शेषनारायण र घुरन माझीले मुआब्जा कम भएको भन्दै रेल विभाग र जिल्ला प्रशासन मोरङविरुद्ध सर्वोच्चमा मुद्दा हालेका छन्।

३ सय ७३ करोड भारु लगानीमा रेलवे बन्न लागेको हो। विवाद मिले मार्चसम्म कटहरीसम्म रेल आउनेछ। बुधनगरमा नेपालतर्फको एकीकृत भन्सार जाँच चौकीनजिकै कात्तिकभित्र रेल आउने जनाइएको छ। त्यहाँ रेल स्टेसन निर्माणाधीन छ। हालसम्म २ सय १३ करोड रकम खर्च भइसकेको जनाइएको छ। ६० करोडबराबरको काम कटहरी स्टेसनको जग्गा विवादले रोकिएको छ। लावाघाटबाट कटहरी स्टेसनसम्म साढे १० किलोमिटर क्षेत्रमा भने काम हुन सकेको छैन।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मुआब्जा विवाद समाधानको प्रयास भइरहेको बताए। हालसम्म अधिग्रहण गरिएको जग्गाको एक कट्ठाबराबर ९० हजारदेखि २५ लाखसम्म मूल्यांकन गरेर ५३ करोड मुआब्जा वितरण गरिसकिएको छ। विराटनगर–रंगेली सडकभन्दा उत्तरतर्फको जग्गामा विवाद छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.