खानेपानीको स्रोतमै लेदो

खानेपानीको स्रोतमै लेदो

धनकुटा  : निभुवा खोलामा केही दिनयता लेदोसहितको बाढी आउँदा धनकुटा नगरपालिकामा खानेपानी समस्या देखापरेको छ। सडक बनाउँदा डोजरले खनेको माटो भेलले बगाएर खोलामा मिसिँदा एक सातादेखि खानेपानी आपूर्ति रोकिएको छ। यससँगै नगरपालिकाका ३, ४, ५, ६ र ७ नम्बर वडामा खानेपानी समस्या चर्किएको हो।

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, सहायक प्रमुख जिल्ला अधिकारी नूरप्रसाद खतिवडा, नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष द्रोण गुरागाईं, सुरक्षा निकायका अधिकारी सम्मिलित टोलीले वडा नम्बर २ स्थित खोलाका १, २ र ३ नम्बर पम्पिङ स्टेसन अनुगमन गरेको थियो। निरन्तर लेदोसहितको बाढी आएका कारण खानेपानीका पम्पिङ स्टेसन चलाउन नसकिने निष्कर्ष टोलीले निकालेको थियो।

विगतमा खोलाको पानी धमिलिने गरे पनि ६ देखि ७ घण्टा अन्तरमा सङ्लिने गरेको थियो। यो वर्ष सडक बनाउँदा माटो बगेर पानीसँग मिसिएपछि समस्या आएको धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गुरागाईंले बताए। वर्षात् सुरु मात्र भएकाले अब थप समस्या हुने उनको भनाइ छ। ‘माथिल्लो भेगमा दिनहुँ पानी पर्ने गर्छ, त्यसले लेदो बगाएर ल्याउँछ’, उनले भने, ‘खोलाको पानी तान्नै नहुने गरी आउँछ।’

यहाँबाट तानिएको पानीका उपभोक्ता नयाँ र पुराना गरी ३४ सय छन्। खोला २४ घण्टा सङ्लो आए सबै उपभोक्तालाई पानी आपूर्ति गरिने उनले बताए। भने, ‘लेदोसहितको पानी पम्पबाट तान्दा मेसिन नै बिग्रने अवस्था छ।’

नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले धमिलो भएका कारण पानी वितरण गर्न नसकिएको जनाएको छ। २०६९ सालमा दोस्रो साना सहरी खानेपानी आयोजना निर्माण सुरु भएको थियो। २६ करोड १२ लाख रुपैयाँको खानेपानी आयोजना २०७२ सालमा सम्पन्न भएको थियो। गत कात्तिक १५ गते ठेकेदारको परीक्षणकाल सम्पन्न भई आयोजना उपभोक्ता समितिको स्वामित्वमा आएको थियो।

प्रमुख जिल्ला अधिकारी खनालले सडक निर्माणले पानी धमिलिन गएकाले फिल्टर गर्न सक्ने अवस्था नरहेको बताए। धनकुटा नगरपालिका र खानेपानी तथा सरसफाइ समितिको समन्वयमा समस्या समाधानका लागि कदम चाल्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.