अवैध कपडासहित दुई पक्राउ

अवैध कपडासहित दुई पक्राउ

विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानरगपालिका १२ स्थित मंगलबारे चोकबाट आइतबार राति भन्सार छलीका कपडा बरामद गरेको छ। 

भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा ८८ थान साडीसहित कपडा तस्करीमा संलग्न दुईजनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए। विराटनगर १८ का विरेन्द्रकुमार भगतको को २ ह ६२३ नम्बरको भाडाको टेम्पोमा राखेर ६८ थान साडी ल्याउँदै गर्दा भारतीय नागरिक भारत जोगवनीका २० वर्षीय शौरभ चौरसियालाई पक्राउ गरिएको जानकारी केसीले दिए। 

चौरसियासहित टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै विराटनगर १५ का २४ वर्षीय रुस्तम मियाँलाई मोटरसाइकलमा हालेर तस्करीको कपडा ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ। को २ प ११३१ नम्बरको मोटरसाइकलमा राखेर २० थान साडी ल्याउँदै गर्दा मोटरसाइकल सहित मियाँलाई पक्राउ गरिएको एसपी केसीले बताए। 

पक्राउ परेका दुईजना,बरामद गरिएको साडी र नियन्त्रणमा लिइएका टेम्पो तथा मोटरसाइकल प्रहरीले सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.