खाजाघरबाट चार युवतीसहित सञ्चालक पक्राउ

खाजाघरबाट  चार युवतीसहित सञ्चालक पक्राउ

भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ चारदोबाटोस्थित गगनचुम्बी खाजाघरमै युवती राखी अनैतिक क्रियाकलाप गर्ने गराउने गरिएको भेटिएको छ। उक्त खाजाघरमा लागूपदार्थ गाजाको समेत व्यवस्था हुने प्रहरीले बताएको छ।महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त खाजाघरमा छापा मारी सोमबार चार युवतीसँगै खाजाघर सञ्चालक मोरङ गोविन्दपुर गाविस-४ घर भएका ५२ वर्षीय शंकर राउतलाई नियन्त्रणमा लिएको छ।

उक्त खाजाघरमा युवती राखी अनैतिक क्रियाकलाप हुन्छ भन्ने विशेष सूचनाको आधारमा छापा मारिएको परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए।उनका अनुसार खाजाघरमा छापा मार्दा खाजाघर सञ्चालक राउतको साथबाट दुई सय १० ग्राम लागूपदार्थ गाजासमेत बरामद भएको थियो।

त्यस्तै खाजाघरबाट विभिन्न ब्राण्डका दर्जनौं प्याकेट कन्डमसमेत बरामद भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार भक्तपुर काठमाडौं ६ लेन सडक दायाँबायाँ चल्ने ठूलासाना रेस्टुरेन्टमा युवती राखेर अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयले पटकपटक गुनासो गर्दै आएका छन्।

तर खाजाघरमा समेत युवतीको व्यवस्था गरिने गरिएको प्रहरीको उक्त छापा पछि खुलेको हो। नियन्त्रणमा लिइएका चार युवती र खाजाघर सञ्चालक राउतलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.