कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा सरीता प्रसाई
काठमाडौ : नेपाली कांग्रेसले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा सरीता प्रसाईलाई मनोनित गरेको छ । यस अघि राष्ट्रियसभा दलको नेतामा सुरेन्द्र पाण्डे मनोनित भइसकेका थिए ।
मंगलबार पार्टी सभापति तथा संघीय संसदीय दलको नेता शेरबहादुर देउवाले प्रसाईलाई राष्ट्रियसभाको प्रमुख सचेतकमा मनोनित गरेका हुन । प्रतिनिधीसभाको प्रमुख सचेतक वालकृष्ण खाँणले मंगलवार विज्ञप्ति जारी गर्दै सभापति तथा दलको नेता देउवाद्वरा प्रसाई मनोनित भएको जनाइएको छ ।
कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका प्रसाई झापा जिल्लावाट राष्ट्रियसभामा संसद भएकी छन् । यस अघि उनी संविधानसभामा समेत सांसदको भइसकेकी छन् ।