ट्रम र किमले हस्ताक्षर गरेको ४ बुँदे सम्झौतामा के छ ?

ट्रम र किमले हस्ताक्षर गरेको ४ बुँदे सम्झौतामा के छ ?

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनबीच सिंगापुरमा भएको चारबुँदे सम्झौताको पूर्ण पाठः


संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राज्यमामिला आयोगका अध्यक्ष किम जोङ उनबीच १२ जुन २०१८ मा सिंगापुरमा पहिलो ऐतिहासिक शिखरवार्ता भयो।

राष्ट्रपति ट्रम्प र अध्यक्ष किमले संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच नयाँ सम्बन्ध स्थापना गर्ने र कोरियाली प्रायद्वीपमा स्थायी र मजबुत शान्तिपूर्ण शासन व्यवस्था स्थापना गर्नेबारे विस्तृत, गहन र गम्भीर छलफल गर्नुभयो। राष्ट्रपति ट्रम्पले प्रजातान्त्रिक जनगणतन्त्र कोरियालाई सुरक्षा सुनिश्चित गर्ने वाचा गर्नुभयो। अध्यक्ष किम जोङ उनले कोरियाली प्रायद्वीपको पूर्ण आणविक निशस्त्रीकरण गर्ने आफ्नो दृढ र अटुट प्रतिबद्धता दोहोर्‍याउनुभयो।

अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच नयाँ सम्बन्धको स्थापनाले कोरियाली प्रायद्वीप र विश्वकै शान्ति स्थापनामा योगदान दिनेमा विश्वस्त हुँदै र आपसी विश्वास निर्माणले कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणलाई प्रवद्र्धन गर्न सकिनेमा सहमत हुँदै राष्ट्रपति ट्रम्प र अध्यक्ष किम जोङ उन निम्न बुँदामा सहमत हुनुभयोः

१. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया दुवै देशका जनताको शान्ति र समृद्धिको चाहनाबमोजिम अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन्।

२. कोरियाली प्रायद्वीपमा दिगो र स्थायी शान्ति निर्माण गर्न संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले आपसी प्रयासलाई एकताबद्ध गर्नेछन्।

३. सन् २०१८ अप्रिल २७ मा भएको ‘पाङमुनजोम घोषणापत्र’ प्रति समर्थन जनाउँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायद्वीपको पूर्ण परमाणु निशस्त्रीकरणको दिशामा काम गर्न पूर्ण प्रतिबद्धता व्यक्त गर्दछ।

४. युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव अवशेषलाई सम्बन्धित देशमा तत्काल पठाउन संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया प्रतिबद्धता जनाउँछन्।

इतिहासमै पहिलोपटक भएको संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीचको शिखर वार्ता युगान्तकारी घटना भएको र यसले दशकौंंको तनाव र शत्रुता अन्त्य गर्दै दुवै देशबीच नयाँ भविष्यको सुरुवात् गर्नेमा सहमत हुँदै राष्ट्रपति ट्रम्प र अध्यक्ष किम संयुक्त वक्तव्य पूर्णरूपमा सहर्ष लागू गर्न प्रतिबद्ध हुनुहुन्छ। संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया यसपछि पनि वार्ता निरन्तर गर्न प्रतिबद्ध छन् जसको नेतृत्व अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र उत्तर कोरियाका तर्पmबाट सान्दर्भिक उच्च अधिकारीले गर्नुहुनेछ। यस शिखर वार्ताको परिणाम लागू गर्न उक्त वार्ता शीघ्र हुनेछ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उन अमेरिका र कोरियाबीच नयाँ सम्बन्ध स्थापनाका लागि सहकार्य गर्न तथा कोरियाली प्रायद्वीप र विश्वको शान्ति, समृद्धि र सुरक्षाको प्रवद्र्धन गर्न प्रतिबद्ध हुनुहुन्छ।

१२ जुन २०१८

सेन्टोसा टापु


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.