चिठ्ठाको नाममा ठग्ने गिरोह सक्रिय

चिठ्ठाको नाममा ठग्ने गिरोह सक्रिय

वीरगन्ज : सामाजिक सञ्जाल र मोबाइल फोनबाट एसएमएस गरी लाखौं रुपैयाँको लट्र«ी अर्थात् चिठ्ठा परेको भन्दै सर्वसाधरण र व्यापारीसँग रकम ठग्ने गिरोह वीरगन्जमा पुनः सक्रिय हुन थालेका छन्।

फेसबुक, भाइबर, इमो, ह्वाट्स अपजस्ता सामाजिक सञ्जाल र मोबाइल फोनबाट सर्वसाधारण र व्यापारीहरूलाई लाखौं रकमको लट्र«ी परेको एसएमएस र फोन गरी रकम असुल्ने गिरोह वीरगन्जमा सक्रिय भएको हो।

गिरोहमा संलग्नहरूले सुरुमा सामाजिक सञ्जाल वा मोबाइल फोनमार्फत लट्री जित्नुभएको छ वा हाम्रो निश्चित कम्पनीको बम्पर पुरस्कारमा तपाईं छनोट हुनुभएको छ चिठ्ठाबापत तिर्नुपर्ने कर (रकम) बुझाएपछि मात्र पुरस्कारस्वरूप रकम तपाईंको बैंक खातामा आउँछ भनेर एसएमएस पठाउने गरेका छन्।

मोबाइल फोन तथा म्यासेजबाट उनीहरूले बधाईसमेत दिई बैंक खाता नम्बर तथा परिचय खुल्ने कागजातसमेत सामाजिक सञ्जालमार्फत पठाउन लगाउँछन्। चिठ्ठाको लोभमा सर्वसाधारणले गिरोहले दिएको बैंक खाताका साथै आईएमई गरेर करबापत भनिएको रकम पठाउने गरेका छन्। करबापत भनिएको रकम पठाइसकेपछि उक्त गिरोह सम्पर्कविहीन हुने गरेकाले त्यसपछि मात्र सर्वसाधरणले ठगिएको थाहा पाउने गरेका छन्।

ठगिएको थाहा पाएपछि मात्र पीडित व्याक्तिहरू प्रहरीकहाँ उजुरी लिएर जाने गरेका छन्।

‘यसरी ठगिएका व्यक्तिहरूको उजुरी आउने क्रम बढ्दो छ’, पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भने, ‘ठगिएकाहरूले लिखितभन्दा पनि मौखिक रूपमै आफू ठगिएको भनेर हामीलाई भन्ने गरेका छन्।’

उजुरी आउने क्रम बढेपछि प्रहरीले गिरोहमा संलग्नहरूबारे निगरानी बढाएको उनले बताए।

प्रहरीका अनुसार ठगी गर्ने गिरोहका मुख्य कारोबारी भारत र पाकिस्तानमा रहेका छन्। उनीहरूले गिरोहमा संलग्न वीरगन्जका युवालाई जनही दैनिक दुईदेखि चार हजार रुपैयाँ कमिसन दिँदै आएको अनुसन्धानका क्रममा खुलेको पर्सा प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए। ‘मुख्य गिरोह भारत र पाकिस्तानमा छन्’, उनले भने , ‘त्यहाँबाट उनीहरूले यहाँका युवालाई यस धन्दामा परिचालन गरेका छन्, फोन र एसएमएस गरेबापत मुख्य गिरोहबाट यहाँका युवाले दैनिक दुईदेखि चार हजार रुपैयाँ पाउदै आएको अनुसन्धानबाट खुलेको छ।

यसैबीच पर्सा प्रहरीले सोमबार साँझ वीरगन्जबाट उक्त गिरोहका चार जनालाई पक्राउ गरेको छ। वीरगन्जको भेडियाहीमा रहेको नेसनल मेडिकल कलेज अगाडिको गढीमाई मनि चेन्जर नजिकबाट प्रहरीले उनीहरूलाई पक्रेको हो। पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका नगवाका अक्षय चौरसिया, नगवाकै युवराज पासवान, इनर्वाका वीर नारायण चौरसिया र छपकैयाका राहुलकुमार राउत रहेका छन्। उनीहरूको साथबाट नगद एक लाख पाँच हजार रुपैयाँ, चार थान मोबाइल, आईएमईको भौचर सात थान, विभिन्न व्याक्तिको सक्कली नागरिकता दुई थान र मतदाता परिचय पत्र दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध ठगी तथा संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको पर्सा प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

पर्सा प्रहरीले गत मंसिर १४ देखि हालसम्म सामाजिक सञ्जालमार्फत लट्री परेको भन्दै ठगी गर्ने गिरोहका २७ जनालाई पक्राउ गरिएको पनि जनाएको छ। गत मंसिर १४ गते एक भारतीय र पाँच नेपालीसहित ६, गत पुष ३ गते दुई भारतीय र एक नेपाली, फागुन ७ गते एक भारतीय र दुइ नेपाली, फागुन २१ गते दुई नेपाली र तीन भारतीय, चैत ७ गते एक नेपाली र दुई भारतीय, चैत ३० गते तीन नेपाली र सोमबार चार जना नेपाली गरी २७ जनालाई पक्राउ गरिएको पर्सा प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.