रौतहटमा सवारी दुर्घटना : नौ महिनामा ४१ जनाले  गुमाए ज्यान

रौतहटमा सवारी दुर्घटना : नौ महिनामा ४१ जनाले  गुमाए ज्यान
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रौतहट :  रौतहटमा  ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४१ जनाले ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न स्थानमा ४ सय ९६ वटा सवारी दुर्घटनामा  महिला,पुरुष,बालबालिका गरी ४१ जनाको मृत्यु भएको हो ।

ती दुर्घटनामा  ७ सय ८५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक  सुशील आचार्यले जानकारी दिए। अघिल्लो आर्थिक वर्षमा रौतहटमा ६ सय ४५ सवारी दुर्घटना हुँदा  ५० जनाको मृत्यु भएको थियो ।

गत साउनदेखि  वैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९ सय ९१ सवारी साधनलाई कारबाही गर्दा १ करोड ५६ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.