डोम भान्से राखेपछि विद्यालयको खाजा बन्द

डोम भान्से राखेपछि विद्यालयको खाजा बन्द

सिरहा : जातीय आधारमा छुवाछुत र भेदभाव गर्नु हुँदैन भनेर विद्यालयमा शिक्षकहरूले विद्यार्थीलाई पढाउने गर्छन् तर सिरहाको गोलबजार नगरपालिका ९ गोविन्दपुरस्थित जनता आधारभूत विद्यालयका शिक्षक स्वयंले छुवाछुतको व्यवहार देखाएका छन् ।

विद्यालय व्यवस्थापन समितिले खाजा बनाउन डोम समुदायको महिला भान्से राखेपछि चार दिनदेखि खाजा कार्यक्रम नै बन्द गरिएका छन् । जातीय छुवाछत र भेदभावलाई कानुनले निषेध गरी दण्डनीय बनाइसकेको अवस्थामा पनि निजी तथा सार्वजनिक स्थलमा विभेद हुनु कानुनको प्रभावकारी कार्यान्वयन नभएको यो पुष्टि गरेको छ ।

केही दिनअघि विद्यालयमा कार्यरत दलित समुदायका बाल विकास सहजकर्ता गीता रोक्का मिझारले खाजा समयमा आफैंले झिकेर खाएपछि घटना क्रम अघि बढेको हो । सहजकर्ता मिझारले खाजाको लागि पकाइएको चना आफैंले झिकेर खाएको अर्को दिन (जेठ २१ गते) फेरि हलुवा खान खोज्दा प्रधानाध्यापक जगदीश यादव र भान्से वीनादेवी महतोले भान्साकोठाको साँचो लुकाएका थिए । साँचो खोज्ने क्रममा आफूलाई भान्से महतोले प्रअ यादवको उक्साहटमा ‘तल्लो जातकी’ भन्दै विद्यालयमै गालीगलौज गरेको सहजकर्ता रोक्काले सुनाइन् । उनले आफैं कार्यरत विद्यालयजस्तो ठाउँमा जातीय भेदभाव र अपमान भए पनि विद्यालय प्रशासनलाई उजुरी दिए पनि सुनुवाइ भएन । उजुरीको विषयमा शिक्षकहरूसँग बसेर छलफल गर्ने योजना बनाउँदै गर्दा अभिभावकहरू आएर सोधखोज गरेपछि घटना बाहिरिएको प्रअ यादवको भनाइ छ ।

विद्यालयमा शिक्षकले दलित शिक्षिकासँग जातीय भेदभावको व्यवहार देखाएपछि स्थानीय दलित अभिभावकहरूले जेठ २५ गते विद्यालय व्यवस्थापन समितिको बैठकमार्फत भान्से महतोलाई हटाएर सोही गाउँका डोम समुदायका भालसैर मरिक र उनको सहयोगीमा उर्मिला मिझारलाई नियुक्त गरेका थिए । त्यस निर्णयलाई उल्टाउँदै वडाध्यक्ष रामपुकार कामती र प्रअ यादवले समितिको अर्को बैठक गरी मरिकलाई खाजा बनाउने अनुभव नरहेकोले विद्यालयको नियमित सरसफाइको काम गर्न मन्जुर भएको भनी निर्णय गराएका थिए । ‘भान्सेमा नियुक्त गरिए पनि भान्साको साँचो अहिलेसम्म दिइएको छैन्’, मरिकले भनिन्, ‘तीन दिनदेखि विद्यालय आउँदै फर्किंदै गरेकी छु, मैले खाजा बनाउन आउँदैन भनेकै छैन ।’ उनका अनुसार आफुलाई डोम भनेर हेपिएको हो । डोम महिलालाई भान्से राखे अन्य समुदायका विद्यार्थीलाई विद्यालय पठाउनु हुँदैन भन्दै व्यवस्थापन समितिका अध्यक्ष दाउद राइनले घर घर पुगिरहेको स्थानीय दतिल अभिभावकहरू बताउँछन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार विद्यालयमा भएको छुवाछुतको घटनाबारे आफूले थाहा पाएको तर, पीडितले उजुरी नदिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.