पाइलटको सालिक शिलान्यास
नेपालगन्ज : १४ फागुन २०७२ मा कालिकोटको चिलखायामा आफु मरेर यात्रीको ज्यान जोगाउने पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष लामाको नाममा नेपालगन्जमा चोक र सालिक निर्माण सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा क्याप्टेन दिनेश प्रतिष्ठानले राँझा चोकमा सालिक निर्माण सुरु गरेको हो । उपमहानगर प्रमुख डा.धवल शम्शेर राणा, उप–प्रमुख उमा थापा मगर र बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बुधबार संयुक्त रुपमा सालिकको शिलान्यास गरेका थिए ।
राँझा चोकको नामाकरण पनि ‘क्याप्टेन चोक’ गरिएको छ । राँझा चोकको पश्चिमी दिशामा नेपालगन्ज उपमहानगरपालिकाको उपलब्ध गराएको १० धुर जग्गामा बाटिका, प्रतिक्षालयसहित क्याप्टनद्वयको सालिक निर्माण हुनेछ ।